३ चैत्र २०८२, मंगलबार | March 17, 2026

सरकारको चेतावनी : कात्तिक ७ गतेभित्र विदेशी च्यानललाई अनिवार्य क्लिन फिड नबनाए कारवाही



काठमाडौं । सरकारले कात्तिक ७ गतेभित्र अनिवार्य रुपमा विदेशी च्यानललाई क्लिन फिड बनाउन सबै सेवा प्रदायकहरुलाई अनुरोध गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै कात्तिक ४ गतेभित्र विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्नुपर्ने स्पष्ट कानूनी व्यवस्थालाई पालना गर्न अनुरोध गरेको हो ।

सो मितिभित्र पनि क्लिनफिड प्रसारण नभएमा कानून बमोजिम कारवाही गर्ने चेतावनी मन्त्रालयले दिएको छ । ‘‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानलहरु कार्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्छ ।

विभिन्न निकायबाट मन्त्रालयमा क्लिनफिड प्रसारणको म्या थप गर्न माग गरिएको विषयमा ध्यानाकर्षण भएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘२०७७ साल कार्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिनफिड) प्रसारण गर्नुपर्ने व्यवस्था ऐनद्वारा नै गरिएको र ऐनद्वारा नै एक वर्षको तयारी अवधि समेतको व्यवस्था भएकाले ऐनको मर्म र भवना अनुरुप तोकिएको मितिदेखि विज्ञापनरहित प्रसारण गर्न गराउन सम्बन्धित सबै संघसंस्थाहरुलाई अनुरोध गरिएको छ ।’

 

 

 

 

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १२ : ५१ बजे

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण