२७ श्रावण २०८३, बुधबार | August 13, 2026

नेकपा सांसद एवं गायिका सानु पहाडीको निधन



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की संघीय सांसद तथा जनवादी गायिका सानु पहाडीको निधन भएको छ।

प्रतिनिधि सभाकी सांसद पहाडीको बुधबार बिहान उपचारका क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको हो ।

सिवा मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी थिइन । उनको २०६३ मा भारतको मिगौला प्रत्यारोपण गरिएको थियो।

सिवाको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी सानु शिवा पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

सिवालाई तत्कालिन नेकपा एमालेले इलामबाट समानुपातिक सांसदमा चयन गरेको थियो। पहाडी २०३६/३७ सालदेखि नै नेपाली विद्यार्थी आन्दोलन र सांस्कृतिक अभियानमा सहभागी भएकी थिइन । ताप्लेजुङमा जन्मिएर इलामलाई कर्मथलो बनाएकी पहाडी दलित आन्दोलनमा समेत सक्रिय सहभागी थिइन ।

सिवा राजनीतिका साथसाथै गीत संगीतको क्षेत्रमा सक्रिय थिइन । उनका ‘नरोए आमा’ र ‘बाँचेछु भने’ गरी दुईवटा गीति एल्बम प्रकाशित छन्।

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  १ : १३ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको