२७ श्रावण २०८३, बुधबार | August 13, 2026

नेकपाका सबै सांसदको दशैं भत्ता कोरोना कोषमा जम्मा हुने



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सांसदहरुको दशैं भत्ता फिर्ता गर्ने भएपछि दबाबमा परेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले पनि भत्ता फिर्ता गर्ने भएको छ ।

संस्थागत रुपमै भत्ता फिर्ताको निर्णय आज साँझसम्म हुने नेकपा राष्ट्रिय सभा दलका नेता दीनानाथ शर्माले जानकारी दिएका छन् ।

‘दशैं भत्ताबापत प्राप्त हुने १ महिनाको बराबरको रकम सरकारको कोरोना कोषमा जम्मा गर्ने तयारी भएको छ । यसबारे संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल भैसकेको छ’, शर्माले खबरकुरालाई बताए । भत्ता फिर्ता गर्ने विषयमा आजै बिहान संसदीय दलका उपनेता सुवाशचन्द्र नेम्वाङ, राष्ट्रिय सभा दल नेता शर्माबीच छलफल भएको थियो ।

नेकपाका केही सांसदहरुले आइतबार नै व्यक्तिगत रुपमा सामाजिक सञ्जाल मार्फत भत्ता फिर्ता गरेको जानकारी गराएका थिए । संघीय संसदका दुवै सदनमा गरी नेकपाका २२० जना सांसदहरु रहेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ३ : ४९ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको