२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

रुपन्देहीका आईसीयू कोरोना संक्रमितले भरिए, दाङ लैजाने क्रममा अर्घाखांचीका कोरोना संक्रमितको बाटोमा मृत्यु



बुटवल । अर्घाखाँचीबाट उपचारका लागि बुटवल पुगेका थप एक जना कोरोना संक्रमित आईसीयू खालि नभएका कारण मृत्यु भएको छ । रुपन्देहीका सबै कोरोना अस्पतालमा आईसीयू भरिएपछि दाङको बेलझुण्डी लैजाँदा लैजाँदै संक्रमितको मृत्यु भएको हो ।

असोज २७ गते कोरोना संक्रमित पुष्टि भएका अर्घाखाँची भुमिकास्थान(९का ७३ वर्षिय पुरुषको आईसीयू बेडका लागि दाङ लैजाने क्रममा बाटोमा मृत्यु भएको लुम्बिनी अस्पतालले पुष्टि गरेको छ ।

२८ गते देखि धागो कारखाना स्थित कोरोना बिशेष अस्पतालमा उपचाररत उनको मध्यराती स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालले दाङको बेलझुण्डी रेफर गरेको थियो । दाङ लैजाने क्रममा बिहान ७ः४५ बजे उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

लगातार थपिएको लक्षण सहितको कारोना संक्रमितहरुले रुपन्देहीका आईसीयू भरिसकेका छन् भने आईसीयू बाहेकका बेडहरु पनि नपाउने अवस्था सिर्जना भएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ९ : ०२ बजे

लैङ्गिक र समावेशी बजेटको खोजी

काठमाडौं । अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान

जसपा प्रदेशका प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी। पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा

राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने

काठमाडौं । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ