५ चैत्र २०८१, मंगलबार | March 18, 2025

बाँकेमा थप १ जना कोरोना संक्रमितको मृत्यु, ६४ जना आइसोलेसन अवधी पुरा गरि घर फर्के



नेपालगन्ज । बाँकेमा थप १ जना कोरोना संत्रमितको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत जानकी गाँउपालिका ६ प्रजातीपुरका ६५ वर्षिय पुरुषको बुधबार राती १० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

गत असोज २६ गते कोरोना संक्रमण पुष्टि भएपछि २७ गतेबाट उनी भेरी अस्पताल नेपालगन्जमा भर्ना भएका थिए । उनको उपचारका क्रममा एन्टिवायोटिक, रेडमिसिबिर, प्लाज्मा थेरापीको प्रयोग गर्दापनि बचाउन नसकिएको बाँके जिल्ला कोभिड १९ बिपद ब्यवस्थापन केन्द्रका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले बताए ।

बुधबार राती मृत्यु भएसँगै बाँकेमा मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

बाँकेमा आजै ६४ जना आइसोलेसन अवधी पुरा गरेर घर फर्केका छन् । स्वास्थ्य मन्त्रालयको मापदण्ड अनुसार १४ दिन सम्म कुनै लक्षण नदेखिएपछि उनीहरुलाई थप ७ दिन क्वारेन्टिनमा बस्ने गरि घर पठाईएको फोकलपर्शन श्रेष्ठले बताए ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ९ : २३ बजे

लिङ्देनले बहिस्कार गर्दा कमल थापाले दिए नवराज सुबेदी नेतृत्वको राजावादी आन्दोलनलाई मान्यता

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल केन्द्रीय कार्यसम्पादन समिति

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी

नेप्से परिसूचकमा निरन्तर गिरावट

काठमाडौँ । यो साता कारोबारको लगातार तेस्रो दिन पनि नेपाल