२४ माघ २०८१, बिहिबार | February 7, 2025

संकटमा परेको अर्थतन्त्र सम्हाल्ने चुनौती बोक्दै नवनियुक्त अर्थमन्त्री पौडेलबाट पदभार ग्रहण



काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएपछि पौडेलले अर्थमन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

मन्त्री पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अर्थमन्त्री नियुक्त गरेका थिए ।

पौडेलले पदभार ग्रहण गर्न अर्थमन्त्रालय पुग्दा मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव समेत रहेका पौडेल अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त भएका हुन् ।

यसअघि भूकम्प, मधेश आन्दोलन र भारतीय नाकावन्दीले अर्थतन्त्र तहसनहस अवस्थामा पुर्याएको अवस्थामा २०७२ कार्तिक १९ गते अर्थमन्त्री भएका पौडेलको अर्थमन्त्रालयमा यो दोस्रो कमब्याक हो ।

तर, यसपटक विश्वव्यापी कोरोना भाइरसको महामारीले अर्थतन्त्र गम्भीर संकटमा रहेकै बेलामा पौडेलको अर्थमन्त्रालयमै इन्ट्रि भएको छ ।

पौडेलको पहिलो कार्यकालमा देशको आर्थिक वृद्धिदर ७ प्रतिशतमा पुगेको थियो । यसपटक संकटमा परेको अर्थतन्त्रलाई कसरी ट्रयाकमा फर्काउन सक्छन् भन्ने चुनौती पौडेल सामु रहेको छ ।

पौडेलको पदभार ग्रहणका क्रममा सञ्चारकर्मीलाई भने मन्त्रालय प्रवेशमा कडाइ गरिएको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ३ : ३९ बजे

मुलुकको अर्थतन्त्र सुधारतर्फ अग्रसर छ : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र ओरालो

कार्यान्वयन प्रक्रियामा नगएका आयोजना स्थगित गरिने

काठमाडौँ । चालू आर्थिक वर्षको बजेटमा परेका तर पुस मसान्तसम्म

गायिका मङ्गेशकरको स्वर रहेको ‘बाचुन्जेलीलाई’ सार्वजनिक

काठमाडौँ । गायक रामकृष्ण ढकालले भारतीय गायिका लता मङ्गेशकरसँग गाएको

तिलोत्तमाको सिद्धार्थ माविले मनायो ‘किड्स डे’

बुटवल । रुपन्देहीको तिलोत्तमा-४ स्थित सिद्धार्थ माविले बिहिबार ‘किड्स डे’

ग्लोबल आइएमई बैंकले राष्ट्रिय फोटोपत्रकार समूहका सदस्यलाई क्यामरा खरिदको लागि कर्जा प्रवाह गर्ने

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय फोटोपत्रकार समूह नेपाल