७ आश्विन २०८३, बुधबार | September 23, 2026

संकटमा परेको अर्थतन्त्र सम्हाल्ने चुनौती बोक्दै नवनियुक्त अर्थमन्त्री पौडेलबाट पदभार ग्रहण



काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका छन् ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको सपथ लिएपछि पौडेलले अर्थमन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

मन्त्री पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार अर्थमन्त्री नियुक्त गरेका थिए ।

पौडेलले पदभार ग्रहण गर्न अर्थमन्त्रालय पुग्दा मन्त्रालयका कर्मचारीहरुले स्वागत गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव समेत रहेका पौडेल अर्थमन्त्रीमा दोस्रोपटक नियुक्त भएका हुन् ।

यसअघि भूकम्प, मधेश आन्दोलन र भारतीय नाकावन्दीले अर्थतन्त्र तहसनहस अवस्थामा पुर्याएको अवस्थामा २०७२ कार्तिक १९ गते अर्थमन्त्री भएका पौडेलको अर्थमन्त्रालयमा यो दोस्रो कमब्याक हो ।

तर, यसपटक विश्वव्यापी कोरोना भाइरसको महामारीले अर्थतन्त्र गम्भीर संकटमा रहेकै बेलामा पौडेलको अर्थमन्त्रालयमै इन्ट्रि भएको छ ।

पौडेलको पहिलो कार्यकालमा देशको आर्थिक वृद्धिदर ७ प्रतिशतमा पुगेको थियो । यसपटक संकटमा परेको अर्थतन्त्रलाई कसरी ट्रयाकमा फर्काउन सक्छन् भन्ने चुनौती पौडेल सामु रहेको छ ।

पौडेलको पदभार ग्रहणका क्रममा सञ्चारकर्मीलाई भने मन्त्रालय प्रवेशमा कडाइ गरिएको थियो ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ३ : ३९ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज