१४ असार २०८३, आइतबार | June 28, 2026

परिणाम देखिने गरी काम गर्ने सहरी विकासमन्त्री श्रेष्ठको प्रतिवद्धता



काठमाडौं । नवनियुक्त सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

मन्त्रालयको पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले ठोस परिणाम देखिने गरी आफुले काम गर्ने प्रतिवद्धता जनाएका हुन् ।

मन्त्रालयमा लामो समयदेखि जिम्मेवारीमा रहेका राज्यमन्त्री रामवीर मानन्धरसँग मिलेर परिणाम देखिने गरी कार्यसम्पादन गर्ने बताए । जस्तोसुकै चुनौती आएपनि दुबै जनाको संयुक्त प्रयासले चिर्ने प्रयास गर्ने श्रेष्ठको भनाई छ ।

प्रतिकुलतासँग झस्केर बर्वाद भयो भनेर कहिले पनि निराश नबन्ने उल्लेख गर्दै उनले प्रतिकुलताभित्र अनुकुलता सिर्जना गरिने कामको परिणाममा आफुले विश्वास गर्ने बताए । उनले कुरा भन्दा पनि काम र परिणामलाई विश्वास दिने पनि जिकिर गरे ।

श्रेष्ठले आज विहान पद तथा गोपनियताको सपथ लिएका थिए ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ३ : ४९ बजे

फ्रान्समा गर्मीका कारण थप एक हजार जनाको मृत्यु

पेरिस । पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा

शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पारित भएको छ ।

तिनाउ खोलाको बाढीमा फसेका व्यक्ति सकुशल उद्धार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-४ डिङ्गारनगरस्थित तिनाउ खोलामा आएको बाढीले

संसद्‍मा एमालेले भन्यो- विष्णु पौडेललाई प्रतिशोधका आधारमा सरकारले पक्राउ गर्‍याे

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको