११ श्रावण २०८३, सोमबार | July 28, 2026

सेती नदी जलविद्युत् आयोजनाका लागि लगानी जुट्यो



कास्की । कास्कीको माछापुच्छ्रे गाँउपालिका निर्माण हुने २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाका लागि वित्तीय सम्झौता भएको छ ।

आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी र ऋण लकगानीकर्ता बैंक तथा वित्तीय संस्थाका तर्फबाट बहुपक्षीय वित्तीय सहयोग सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

आयोजनामा एनएमबी बैंकले रु दुई अर्ब २० करोड, कर्मचारी सञ्चय कोषले रु ८० करोड र कृषि विकास बैंकले रु ५० करोड गरी कूल रु तीन अर्ब ५० करोड लगानी गर्ने भएका छन् ।

आयोजनाको कूल लागत मध्ये ७० प्रतिशतले हुन आउने रकम बैंक तथा वित्तीय संस्थाबाट जुटाइएको छ भने बाँकी ३० प्रतिशत (रु एक अर्ब ५० करोड) रकम प्रवद्र्धकका तर्फबाट लगानी गरिनेछ । आयोजनाको कूल लागत रु पाँच अर्ब छ ।

आयोजनामा नेपालका मुख्य शहरका प्रतिष्ठित व्यापारिक घरानाका अलावा माछापुच्छ्रे गाँउपलिकाका स्थानीयबासीले समेत शेयरधनीका रुपमा लगानी गर्ने छन् ।

भौतिक निर्माणको काम शुरु भइसकेको सो आयोजनाको मुख्य निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरलेले जानकारी दिए । उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको लाहाचोक सव स्टेशनमा जोडिनेछ । रासस

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ६ : २३ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला