७ श्रावण २०८३, बिहिबार | July 23, 2026

द ब्रिटिस कलेजले सहकार्य गर्दैआएको बेलायती विश्वविद्यालय शिर्ष २० मा



काठमाडौं । काठमाडौंको थापाथलीमा रहेको द ब्रिटिस कलेजले सहकार्य गरेको विश्वविद्यालय वेस्ट अफ इङ्ल्याण्ड युडब्लुई बेलायतमा रोजगारी दिलाउने शिर्ष २० स्थानमा रहन सफल भएको छ ।

युडब्लुईको सहकार्यमा द ब्रिटिस कलेजले नेपालमा अन्तर्राष्ट्रिय गुणस्तरको शिक्षा प्रदान गर्दै आइरहेको छ । बेलायतमा १ सय भन्दा बढी विश्वविद्यालयहरु रहेका छन् ।

पछिल्लो सर्भेका अनुसार युडब्लुई (UWE) रोजगारी पाउने विश्वविद्यालयको शिर्ष २० औँ स्थानमा समेत रहेको छ । बेलायतको उच्च शिक्षा तथ्यांक एजेन्सी हिसा (HESA)ले नयाँ सर्भे सार्वजनिक गरेको हो । हिसाले प्रत्येक वर्ष विश्वविद्यालयहरुबारे सर्भे गर्दै आइरहेको छ ।

सर्भेका अनुसार युडब्लुई विश्वविद्यालयबाट उत्तिर्ण भएको १४ महिनाभित्र ९२ प्रतिशत विद्यार्थीहरुले रोजगारी पाउँदै आइरहेका छन् । यो वार्षिक सामाजिक सर्भेले यो पुष्टि गरेको छ कि साउथ वेस्टमा युडब्लुई (UWE)मा अध्ययनरत विद्यार्थीहरुले ग्राजुयटपछि रोजगारीको अवसर पाउनेमा यो विश्वविद्यालय शिर्ष स्थानमा रहेको छ । यो विश्वविद्यालय पुरै बेलायतमा १८ औँ स्थानमा रहेको छ ।

द ब्रिटिस कलेजबाट बीबीए र एमआइबीएम ग्राजुयटले युनिभर्सिटी अफ द वेस्ट अफ इंग्ल्याण्डको डिग्री प्राप्त गर्छन् । युडब्लुई (UWE)का भाइस चान्सलर प्रोफेसर स्टीभ वेस्ट भन्छन्, “ग्राजयुटका लागि रोजगारी प्राप्तिका लागि र सकारात्मक भिजनका लागि युनिभर्सिटी एलायन्स शिर्षस्थानमा रहेको छ ।”

पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरमा रोजगारीका लागि ठुलो प्रतिस्पर्धा रहेको छ । यसैलाई मध्यनजर गर्दै द ब्रिटिस कलेजले नेपालमा गुणस्तीय शिक्षा प्रदान गर्दै आइरहेको छ ।

विद्यार्थीहरुलाई आवश्यक पर्ने गुणस्तीय शिक्षा, लगायत अन्य महत्वपुर्ण कुराहरु यस कलेजले प्रदान गर्दै आइरहेको छ । युडब्लुईसँग गरेको सहकार्यले आठ वर्ष नाघेको र आफुहरु यसप्रति गर्व रहेको द ब्रिटिस कलेजले जनाएको छ ।

द ब्रिटिस कलेजका अन्तरिम प्रिन्सिपल मेरी विसोपले भनेकी छन्, “युकेमा युडब्लुई (UWE)को यो सफतालको खबरले हामीलाई खुसी बनाएको छ । गुणस्तीय शिक्षा प्रदान गरेकोमा स्वर्णपदकद्वारा सम्मान पाइसकेको यो विश्वविद्यालयले अर्को उत्कृष्ट सफलता पाउन सफल भएको छ । युडब्लुई (UWE)ले विद्यार्थीको अनुभव र रोजगारीका लागि उत्कृष्ट काम गरेको यसले पुष्टि गर्छ । विश्वविद्यालयले प्राप्त गरेको यो सफलताप्रति मेरो शुभकामना ।”

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ३ : २० बजे

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट