२९ पुस २०८२, मंगलबार | January 13, 2026

भक्तपुरमा होम आइसोलेसनमा बसेका व्यक्तिको मृत्यु



काठमाडौं । कोरोना सङ्क्रमणपछि होम आइसोलेसनमा बसेका भक्तपुरका एक सङ्क्रमितको आज होम आइशोलेसनमै ज्यान गएको छ ।

दम तथा निमोनियाका बिरामी भक्तपुर नगरपालिका–७ इनाचोका ६९ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको स्वास्थ्य कार्यालय, भक्तपुरले जनाएको छ ।

गत असोज २८ डा. इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । त्यसपछि ती पुरुष होम आइसोलेसनमा बसेका थिए ।

तर शनिबार मृत्युभएपछि स्थानीय जनप्रतिनिधि, प्रहरीको रोहवरमा मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेको भक्तपुर नगरपालिका–८ का वडाध्यक्ष उकेश कवांले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ६ : ०७ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको समय सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको समय परिवर्तन गरिएको

सिन्धुपाल्चोकको भोटेकोसीका विद्यार्थीलाई ‘पाण्डा प्याक परियोजना’ अन्तर्गत न्यानो पोशाक वितरण

सिन्धुपाल्चोक । भोटेकोसी गाउँपालिकाका विद्यार्थीहरूलाई न्यानो लुगा तथा शैक्षिक सामग्री

नेपाली कम्युनिस्ट पार्टीका २ हजार ४९९ केन्द्रीय सदस्यले आज शपथग्रहण गर्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का दुई हजार ४९९ जना

९८ वर्षीय उजिरद्वारा विद्यालयमा खानेपानीको धारा निर्माण

भोजपुर । भोजपुर नगरपालिका-१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर

रौतहटमा धान उत्पादन घट्यो

रौतहट । गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल