६ श्रावण २०८३, बुधबार | July 22, 2026

पशुपतिको आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्दै



काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या गुणात्मक रूपले बढ्न थालेसँगै पशुपति क्षेत्र विकास कोषले पछिल्लो पटक गरेको निणर्यका कारण अहिले पशुपतिको आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्ने खतरा बढेको छ ।

पशुपति क्षेत्र विकास कोषले कोरोनाका कारण मृत्यु भएको आशंका गरिएका शवलाई विद्युतीय शवदाह गृहमा जलाउन रोक लगाएसँगै पशुपति आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्ने सम्भावना बढेको हो ।

कोषले मृतकका आफन्तको आग्रहलाई समेत बेवास्ता गर्दै शंकास्पद एवं अन्यलाई आर्यघाटमा दाउराको परम्परागत विधिबाटै जलाउन बाध्य बनाएका कारण भेला भएकाहरूबाटै संक्रमण फैलिरहेको बताइएको छ । परम्परागत विधिबाट लास जलाउन ३ देखि ४ घण्टा लाग्ने गरेको छ ।

संक्रमणबाट मृत्यु हुने र संक्रमितको संख्या दैनिक गुणात्मक रूपले बढेर अस्पतालका बेडहरू समेत नपाएर ज्यान गुमाउनेहरूको संख्या बढिरहेको छ । कोरोनाका कारण मृत्यु पुष्टि नभएका शंकास्पद र अन्य कारणले ज्यान गुमाएका मृतकको शप पशुपतिको आर्यघाटमा सँगै जलाउँदा मृतकका मलामी मात्र नभएर अहिले पशुपति क्षेत्र विकास कोषका कर्मचारी एवं शव जलाउने काममा सहयोग गरिदिने मजदुरहरू समेत उच्च जोखिममा परेका छन् ।

पशुपति क्षेत्र विकास कोषले कोरोनाका कारण मृत्यु प्रमाणित रिपोर्ट भएकालाई मात्र विद्युतीय शवदाह गृह प्रयोग गर्न दिने निर्णय त्रुटिपूर्ण देखिएको छ । अन्य कारणले मृत्यु भएकाहरू तथा कोरोनाबाट मृत्यु भएका हुन सक्नेहरूका आफन्तले विद्युतीय शवदाहमा लास जलाउन खोजे पनि कोषले रोक्दै आएको छ ।

जसका कारण अहिले कोरोनाबाट मृत्यु भई पिसिआर रिपोर्ट लैजान बिर्सिएकाहरूले समेत आर्यघाटको दाउराबाटै शब जलाउने गरेको पशुपतिनाथ क्षेत्र पुग्ने अधिकांशको भनाइ छ ।

विगत २२ वर्षदेखि शव जलाउन सहयोग गर्दै आएका कोषका एक ब्राह्मणले भने, ‘अहिले हामीलाई पनि मृतकका शव जलाउन निकै डर लागिरहेको छ । यदि कसैले कोरोना संक्रमणबाट मृत्यु भएकालाई पनि झुक्याएर यहाँ ल्याइदिए भनेसंक्रमित हुने भय छ ।’

यस विषयमा कोषको कार्यालयमा जानकारी गराउँदा समेत कुनै सुनुवाइ नभएको शव जलाउन खटिनेहरूको गुनासो छ ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले हाल कोरोनाका कारण मृत्यु प्रमाणित रिपोर्ट भएकालाई मात्र विद्युतीय शवदाह गृह प्रयोग गर्न दिने कडा व्यवस्था मिलाइएको बताए ।

उनले अन्य शंकास्पद शवलाई विद्युतीय मेसिनमा लैजान खोज्ने आफन्तको आग्रहलाई समेत कोषले सम्बोधन गर्न नसकेका कारण आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने जोखिमयुक्त ठाउँ बन्न सक्ने स्थिति देखिएको स्विकारे । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ७ : २८ बजे

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न