२१ भदौ २०८३, आइतबार | September 6, 2026

भक्तपुरमा सबै सरकारी कार्यालयका सेवा बन्द



काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ ।

काठमाडौं उपत्यकाभित्र कोभिड–१९ सङ्क्रमितको जोखिम बढेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोभिड–१९ को सङ्क्रमणको दर अत्यधिक बढिरहेकाले सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयमा सेवाग्राहीको भीडभाड अत्यधिक भई सेवाग्राहीमा समेत सङ्क्रमण फैलन सक्ने अवस्था भएको उनले उल्लेख गरिन् ।

गत असोज २६ गते बसेको मन्त्रिपरिषद् बैठकले ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेको जिल्लाको कुनै पनि भागमा कुनै पनि सेवा रोक लगाउन सक्ने निर्णय गरेको थियो ।

जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९०० नाघेकाले जिल्लाभित्रका सम्पूर्ण सरकारी कार्यालयका अत्यावश्यक बाहेकका सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जिल्ला प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र, सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकाय लगायतसितको छलफल, परामर्श एवम् निष्कर्षका आधारमा सेवा प्रवाह बन्द गरिएको हो । जिल्लाका नगरपालिकाहरुले समेत अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् ।

चाँगुनारायण नगरपालिकाले कार्यालयका कर्मचारी र केही जनप्रतिनिधिमा कोरोना सङ्क्रमण बढेपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । नगरपालिका कार्यालयले आगामी १५ गतेसम्मका लागि कार्यालय खाले पनि सीमित कर्मचारीले अत्यावश्यक सेवा मात्रै दिने गरी व्यवस्था गरेको छ ।

यस्तै सूर्यविनायक नगरपालिकाले आफ्ना सबै कर्मचारीको स्वाब सङ्कलन गरी कात्तिक २ देखि नगरपालिकाको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गराएको छ । नगरपालिकाले स्वाब दिएका सबै कर्मचारीलाई होम क्वारेन्टिनमा राखेको छ भने कात्तिक १२ गते पुनः कर्मचारीको पिसिआर परीक्षण गरी १५ गते रिपोर्ट आएपछि मात्रै १६ गतेदेखि कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

यसैगरी मध्यपुरथिमि नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिलाई कोरोना सङ्क्रमण भएपछि एक महिनादेखि अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्दै आएको छ । नगरपालिकाले दशैँ अगाडिसम्म अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  १ : २० बजे

भोटेकोशी बाढी : एक हजार ३५३ शव फेला

काठमाडौँ । भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देश : तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा अहोरात्र खटिने

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ । नेपाल(चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त