२३ बैशाख २०८१, आइतबार | May 5, 2024

लुम्बिनी प्रदेशका जनप्रतिनिधिको दाबी, – दशैं खर्च लिएका छैनौं



बुटवल । जनप्रतिनिधिहरुले दशैं खर्च बुझेको समाचारले चर्चा पाएपछि लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका प्रेस सल्लाहकार मार्फत लुम्बिनी प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरु, सभामुख ,उपसभामुख सहित जनप्रतिनिधिहरुले चाडपर्व खर्च नलिएको स्पष्ट पारेको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले आज विज्ञप्ती प्रकाशित गर्दै लुम्बिनी प्रदेशका जनप्रतिनिधिहरु सहित मन्त्री र मुख्यमन्त्रीले चाडपर्वका नाममा कुनै पनि भत्ता वा खर्च नबुझेको दाबी गरेका छन् ।

केसीले विज्ञप्तीमा प्रदेश सरकारले मागका आधारमा नभई योजनाका आधारमा बजेट विनियोजन हुने संस्थागत संरचना तयार पारेको उल्लेख गरेका छन् । उनले प्रदेशसभाबाट प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका टुंगो लगाएपछि प्रदेश सरकार प्रदेशलाई संस्थागत गर्ने नयाँ विन्दुमा पुगेको समेत बताएका छन् ।

विज्ञप्तीमा जनप्रतिनिधि र चाडपर्व खर्चको बारेमा सर्बत्र चर्चा हुन थालेको उल्लेख गर्दै लेखिएको छ, ‘ लुम्बिनी प्रदेश सरकारले माननीय मुख्यमन्त्री, मन्त्रीहरु, प्रदेशसभाका सभामुख, प्रदेशसभा सदस्यहरु र स्थानीय तहका जनप्रतिनिधिका लागि चाडपर्व खर्चको प्रबन्ध गरेको छैन् । त्यस अनुसार माननीय मुख्यमन्त्री,मन्त्रीहरु,प्रदेशसभाका सभामुख, प्रदेशसभा सदस्यहरु र स्थानीय तहका जनप्रतिनिधिहरुले अहिलेसम्म चाडपर्व खर्च (दशैं खर्च) नलिएको पत्रकार सहित सबैलाई जानकारी गराउन चाहन्छु ।’

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ५ : २५ बजे

काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

सेयर बजारमा २४.५८ अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम