२२ चैत्र २०८२, आइतबार | April 6, 2026

नवीकरण शुल्क नबुझाएका २५ कम्पनीको कारोबार रोक्का



काठमाडौं । वार्षिक रूपमा बुझाउनुपर्ने शुल्क नबुझाएको पाइएपछि नेपाल स्टक एक्सचेञ्जले २५ विभिन्न कम्पनीको कारोबारमा रोक लगाएको छ ।

नेप्सेले आइतबार एक सूचनामार्फत ‘धितोपत्र सूचीकरण विनियमवाली, २०७५’ को विनियम २४ बमोजिम बुझाउनुपर्ने शुल्क नबुझाएको पाइएकाले ती कम्पनीको कारोबार रोकिएको छ ।

नेप्सेका अनुसार क्यापिटल मर्चेन्ट बैंक एन्ड फाइनान्स, क्रिष्टल फाइनान्स, हिमालयन फाइनान्स, मल्टी पर्पोज फाइनान्स, नेपाल शेयर मार्केट, सम्झना फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर, जोशी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर, अरुण वनस्पति, अरुण वनस्पति उद्योग र विराट सुज लिमिटेडको कारोबारमा रोक लगाएको छ ।

यस्तै, बुटवल पिइनिङ मिल्स, फ्युलर हिमालयन, गोरखाकाली रबर उद्योग, हरिसिद्धि इँटा तथा टायर कारखाना, हिमालय डिस्टिलरी, ज्योति स्पाइनिङ मिल, नेपाल बिटुमिन एन्ड ब्यारल उद्योग, रघुपति जुट मिल, श्री भृकुटी पल्स एन्ड पेपर मिल, रामसुगर मिल, नेपाल वेलफेयर कम्पनी, नेपाल ट्रेडिङ लिमिटेड, याक एन्ड यती होटल र नेपाल फिल्म डेभलपमेन्ट कम्पनी रहेका छन् ।

कारोबार रोकिएकामध्ये १० कम्पनी बन्द अवस्थामा छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ५ : ३३ बजे

राष्ट्र बैंकले तोक्यो बैंकहरुको नयाँ समय तालिका

नेपालगन्ज । सरकारले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थाहरुमा

निजी विद्यालयमा लिइएको भर्ना शुल्क फिर्ता गराउन निर्देशन

काठमाडौँ । सरकारले निजी (संस्थागत) विद्यालयहरुमा लिइँदै आएको कानुनविपरीत भर्ना

बुटवल प्रहरीको ‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियान आज पनि १० ओटा मोटरसाइकल नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

नेपालगन्जमा लागु भएको ३ वर्ष पाठ्यपुस्तक परिवर्तन गर्न नपाइने

नेपालगन्ज । नेपालगन्ज उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका संस्थागत (नीजि) विद्यालयहरुलाई

लुम्बिनी प्रदेश सरकारद्वारा स्थानीय तह वित्तीय अनुदानको सीमा निर्धारण

दाङ । लुम्बिनी प्रदेश सरकारले स्थानीय तहलाई प्रदान गरिने अनुदानको