४ पुस २०८२, शुक्रबार | December 20, 2025

नवीकरण शुल्क नबुझाएका २५ कम्पनीको कारोबार रोक्का



काठमाडौं । वार्षिक रूपमा बुझाउनुपर्ने शुल्क नबुझाएको पाइएपछि नेपाल स्टक एक्सचेञ्जले २५ विभिन्न कम्पनीको कारोबारमा रोक लगाएको छ ।

नेप्सेले आइतबार एक सूचनामार्फत ‘धितोपत्र सूचीकरण विनियमवाली, २०७५’ को विनियम २४ बमोजिम बुझाउनुपर्ने शुल्क नबुझाएको पाइएकाले ती कम्पनीको कारोबार रोकिएको छ ।

नेप्सेका अनुसार क्यापिटल मर्चेन्ट बैंक एन्ड फाइनान्स, क्रिष्टल फाइनान्स, हिमालयन फाइनान्स, मल्टी पर्पोज फाइनान्स, नेपाल शेयर मार्केट, सम्झना फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर, जोशी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर, अरुण वनस्पति, अरुण वनस्पति उद्योग र विराट सुज लिमिटेडको कारोबारमा रोक लगाएको छ ।

यस्तै, बुटवल पिइनिङ मिल्स, फ्युलर हिमालयन, गोरखाकाली रबर उद्योग, हरिसिद्धि इँटा तथा टायर कारखाना, हिमालय डिस्टिलरी, ज्योति स्पाइनिङ मिल, नेपाल बिटुमिन एन्ड ब्यारल उद्योग, रघुपति जुट मिल, श्री भृकुटी पल्स एन्ड पेपर मिल, रामसुगर मिल, नेपाल वेलफेयर कम्पनी, नेपाल ट्रेडिङ लिमिटेड, याक एन्ड यती होटल र नेपाल फिल्म डेभलपमेन्ट कम्पनी रहेका छन् ।

कारोबार रोकिएकामध्ये १० कम्पनी बन्द अवस्थामा छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ५ : ३३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको