४ पुस २०८२, शुक्रबार | December 20, 2025

विराटनगरमा चार जना कोरना संक्रमितको मृत्यु



विराटनगर । कोरोना भाइरसको संक्रमणबाट विराटनगरमा थप चार जना संक्रमितको मृत्यु भएको छ ।
गएरातिदेखि सोमबार बिहान ३ जना र गएराति एक जनाको अलगअलग अस्पतालमा चारजनाको मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका–३ का ६६ वर्षीय पुरुषको मृत्यु भएको छ । असोज २७ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुषको नोवल अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको हो ।

यसैगरी ग्रामथान–का एक पुरुषको पनि नोवल अस्पतालमै आइतबार राति मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । पछि स्वाब परीक्षण गर्दा असोज २९ गते कोरोना पुष्टि भएको नोबेल अस्पतालले जनाएको छ ।

यस्तै, पथरी शनिश्चरे नगरपालिका–१ का ५३ वर्षीय पुरुषको न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । कोरोनाको लक्षण देखिएपछि परीक्षण गराउँदा गत असोज २२ गते पोजेटिभ आएका उनको सोमबार बिहान मृत्यु भएको छ । ती पुरुषलाई मिर्गौलासम्बन्धी रोग थियो ।

यसैगरी विराटनगर महानगरपालिका–२ की ६० वर्षीया महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङले जनाएको छ । असोज १९ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलाको कोसी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको हो ।

प्रदेश १ मा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १२ : ५२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको