४ चैत्र २०८२, बुधबार | March 18, 2026

बन्द बागेश्वरीमा प्रहरीको सरसफाई(फोटो फिचर)



नेपालगन्ज । गृह प्रशासनले चाडवाडको समयमा समेत मठ मन्दिर सञ्चालनमा रोक लगाए पनि पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा बाँके प्रहरीले सरसफाई गरेकोछ । सर्वसाधारणलाई प्रवेश निषेध गरिएको बागेश्वरी मन्दिर प्राङ्गणमा प्रहरीहरु प्रवेश गरेर सरसफाई गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक सुरज खत्रीको नेतृत्वमा खटिएको टोलीले बन्द अवधिमा मन्दिर परिषरमा उम्रियका झार तथा थुप्रिएका १ ट्याक्टर बढी फोहोर निकालेको थियो ।

कोरोनाका संक्रमणका कारण गत वर्षको चैत्र देखि बन्द रहेको बागेश्वरी मन्दिर चाडबाडको मुखमा समेत खोल्न नदिने प्रशासनले सुचना जारी गरेको छ । यसअघि गृह मन्त्रालयले देशभरका ७७ वटै जिल्लालाई पत्र पठाउँदै धार्मिक स्थल तथा शक्तिपीठ नखोल्न निर्देशन दिएको थियो ।

बाँके प्रहरीले निजिकिदै गरेका चाडपर्वलाई लक्षित गर्दै हुनसक्ने सम्भावित अपराधलाई नियन्त्रण गर्न जिल्लामा विभिन्न १४ बुँदे विशेष सुरक्षा योजनालाई अगाडी बढाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १० : ४० बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड