५ पुस २०८२, शनिबार | December 20, 2025

शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला



कञ्चनपुर । शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी र जङ्गल वाक खुला गरिएको छ ।

निकुञ्ज कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सुरक्षाका मापदण्ड पालना गर्ने गरी जङ्गल सफारी र जङ्गल वाकका लागि निकुञ्ज खुला गरिएको जनाएको छ ।

निकुञ्ज प्रवेश गर्दा अनिवार्यरूपमा मास्क र स्यानिटाइजरको प्रयोग गर्ने र एकापसमा भौतिक दूरी कायम गर्नुपर्ने नियम लागू गरिएको छ ।

जङ्गल सफारी तथा जङ्गल वाकमा जाँदा अनिवार्यरूपमा नेचरगाइड साथमा हुनुपर्ने छ । निकुञ्ज कार्यालयले तोकेको रुटमा मात्र जङ्गल ड्राइभ र जङ्गल वाक गर्न पाइने बताइएको छ ।

निकुञ्जभित्र हुने -याफटिङ, हात्ती सफारी, फिसिङ र क्याम्पिङ पर्यटकका लागि खुला नगरिएको जारी सूचनामा जनाइएको छ ।

निकुञ्जमा जङ्गल सफारी र जङ्गल वाकमा जाने पर्यटकले राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन २०२९ र नियमावली २०३० को पूर्णपालना गर्नुपर्ने छ । निकुञ्ज कार्यालयसँग सहमति लिएर मात्रै निकुञ्ज प्रवेश दिइने छ ।

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशमा गत चैत महिनादेखि निषेध गरिएको थियो । निकुञ्ज प्रवेश बन्द हँुदा पर्यटकीय गतिविधि शून्य रहेको थियो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आव २०७६/७७ मा एक हजार ७७५ जना पर्यटकले भ्रमण गरेका थिए । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा चार हजार २९४ ले कमी हो ।

आव २०७५/७६ मा छ हजार ६९ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए । कोरोना महामारीको सङ्क्रमण र जोखिमका कारण पर्यटकीय गतिविधिमा कमी आएको निकुञ्ज कार्यालयका कर्मचारीको भनाइ छ ।

निकुञ्जमा संरक्षित क्षेत्रकै सबैभन्दा ठूलो घाँसेमैदान, बाह्रसिङ्गाको ठूलो बथान, थोरै क्षेत्रफलमा धेरै पाटेबाघ रहेका छन् । निकुञ्जका यिनै जनावार र प्राकृतिक सौन्दर्यता हेर्नका लागि पर्यटक यहाँ आउने गर्दछन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ११ : १२ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य