६ श्रावण २०८३, बुधबार | July 22, 2026

केन्द्र सरकारलाई चुनौती दिँदै लुम्बिनी प्रदेशमा कोरोनाको नि:शुल्क उपचार गरिँदै



बुटवल । संघीय सरकार कोरोना संक्रमितहरुको नि-शुल्क उपचारबाट पछि हटेको अवस्थामा लुम्बिनी प्रदेश सरकारले भने लक्षण सहितका सबै संक्रमितको उपचार नि:शुल्क गर्ने भएको छ ।

प्रदेशका ४ वटै कोरोना बिशेष अस्पतालमा लक्षण सहितका वा अस्पतालमा बस्नु पर्ने अवस्थाका सबै कोरोना संक्रमितको उपचार नि:शु्ल्क गर्ने भएको हो । प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो फेसबुकमा स्टाटस पोष्ट गर्दै प्रदेशका अस्पतालहरुमा कोरोना संक्रमितको उपचारमा शुल्क नलाग्ने जानकारी दिएका छन् उनले स्टाटसमा लेखेका छन्, ‘सरकारले लुम्बिनी प्रदेशका चारवटै कोरोना विशेष अस्पतालमा लक्षण देखिएका बिरामीका लागि नि:शुल्क उपचारको व्यवस्था यथावत राखेका छ’।

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिकले कोरोना भाइरस संक्रमणको उपचार आफै गर्नु पर्ने, शव ब्यवस्थापन आफैले गर्नुपर्ने तथा पीसीआर शुल्क पनि नागरिकले नै तिर्नु पर्ने सुचना जारी गरेपछि आम नागरिकले सरकारको खोजी गरेका थिए । नागरिकबाट सरकार नभएको भन्दै चर्को आलोचना आईरहेका बेला मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेशका ४ वटा अस्पतालमा नि:शुल्क उपचार भईरहेको जनाएका हुन् ।

संघीय सरकारले सोमबारदेखि गरिब विपन्न तथा अशक्त, एकल महिला,अपाङ्ग, अग्रभागमा खछिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको लक्षण देखिएको अवस्थामा निशुल्क उपचार गरिने र त्यसबाहेकका कोरोना संक्रमित बिरामीहरुको शुल्क लिने बताएको थियो ।

सरकारको निर्णय लगत्तै सरकारको स्वामित्वमा रहेका कतिपय अस्पतालहरुले निर्णयहुनु पुर्व अस्पताल भर्ना भएका संक्रमितहरुलाई समेत रकम जम्मा गर्न सुचना जारी गरिसकेका छन् । निजामती कर्मचारीहरुको लगानी भएको सिभिल अस्पतालले त बिरामीहरुले क्यान्टीनमा समेत धरौटी रकम जम्मा गर्न सुचित गरेको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  २ : ४६ बजे

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर

पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छ : नेता आङ्देम्बे

चितवन । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेताहरुले

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

काठमाडौं । बितेका २४ घण्टामा स्याङ्जा, सप्तरी, मकवानपुर, रौतहट र

प्रतिपक्ष दलद्वारा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्री सुधन गुरुङको