१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

लुम्बिनी प्रदेशको आर्थिक खाका कोर्ने डा. प्रकाश अर्थमन्त्री पौडेलको प्रमुख आर्थिक सल्लाहकार नियुक्त



बुटवल । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ अर्थमन्त्री विष्णु पौडेलको आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । ने

पाल राष्ट्र बैंकको बहालवाला कार्यकारी निर्देशक तथा दुई वर्ष प्रदेश ५ योजना आयोगको उपाध्यक्ष रहेका श्रेष्ठलाई अर्थमन्त्री पौडेलले प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।

अर्घाखाँची गृहजिल्ला भएका उनी नेपालको आर्थिक क्षेत्रको विज्ञ मानिन्छन्।

श्रेष्ठले खबरकुरासँग कुरा गर्दै राष्ट्रबैंकका गभर्नरको समेत सहमतिमा बिगत २ दिनदेखि अर्थमन्त्रलायमा जिम्मेवारी सम्हालेको बताए । उनले भने- ‘मैले अवसरकारुपमा लिएको छु, आफुले जानेबुझे सम्म राष्ट्र निर्माणका लागि निस्वार्थ भावले जिम्मेवारी निभाउने छु ।’

श्रेष्ठकै नेतृत्वमा प्रदेश ५ को आर्थिक नक्सा तयार भएको थियो भने प्रदेशको तत्कालिन तथा दिर्घकालिन योजनाहरु दस्तावेजिकरण समेत भएको थियो ।

कोरोना महामारीसँगै देशको अर्थतन्त्र शिथिल भएको अवस्थामा दोस्रोपटक अर्थ मन्त्रालयको जिम्मेवारी लिएका पौडेल माथि अर्थतन्त्रलाई सहिबाटोमा ल्याउने देखि डा. खतिवडाले चिढाएका उद्योगी ब्यवसायीहरुसंग बिश्वासको वाताबरण समेत बनाउने जिम्मेवारी रहेको छ । अर्थमन्त्रीलाई सफल बनाउने कार्यमा सल्लाहकारको समेत महत्वपूर्ण भूमिका रहने गर्दछ।

अहिलेको जटिल अवस्थामा देशको अर्थतन्त्र सुधारको लागि आफ्नो ज्ञान र क्षमताले भ्याएसम्म योगदान गर्ने सल्लाहकार श्रेष्ठले बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  १० : ३२ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले