३० चैत्र २०८२, सोमबार | April 13, 2026

लुम्बिनी प्रदेशको आर्थिक खाका कोर्ने डा. प्रकाश अर्थमन्त्री पौडेलको प्रमुख आर्थिक सल्लाहकार नियुक्त



बुटवल । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ अर्थमन्त्री विष्णु पौडेलको आर्थिक सल्लाहकारमा नियुक्त भएका छन् । ने

पाल राष्ट्र बैंकको बहालवाला कार्यकारी निर्देशक तथा दुई वर्ष प्रदेश ५ योजना आयोगको उपाध्यक्ष रहेका श्रेष्ठलाई अर्थमन्त्री पौडेलले प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।

अर्घाखाँची गृहजिल्ला भएका उनी नेपालको आर्थिक क्षेत्रको विज्ञ मानिन्छन्।

श्रेष्ठले खबरकुरासँग कुरा गर्दै राष्ट्रबैंकका गभर्नरको समेत सहमतिमा बिगत २ दिनदेखि अर्थमन्त्रलायमा जिम्मेवारी सम्हालेको बताए । उनले भने- ‘मैले अवसरकारुपमा लिएको छु, आफुले जानेबुझे सम्म राष्ट्र निर्माणका लागि निस्वार्थ भावले जिम्मेवारी निभाउने छु ।’

श्रेष्ठकै नेतृत्वमा प्रदेश ५ को आर्थिक नक्सा तयार भएको थियो भने प्रदेशको तत्कालिन तथा दिर्घकालिन योजनाहरु दस्तावेजिकरण समेत भएको थियो ।

कोरोना महामारीसँगै देशको अर्थतन्त्र शिथिल भएको अवस्थामा दोस्रोपटक अर्थ मन्त्रालयको जिम्मेवारी लिएका पौडेल माथि अर्थतन्त्रलाई सहिबाटोमा ल्याउने देखि डा. खतिवडाले चिढाएका उद्योगी ब्यवसायीहरुसंग बिश्वासको वाताबरण समेत बनाउने जिम्मेवारी रहेको छ । अर्थमन्त्रीलाई सफल बनाउने कार्यमा सल्लाहकारको समेत महत्वपूर्ण भूमिका रहने गर्दछ।

अहिलेको जटिल अवस्थामा देशको अर्थतन्त्र सुधारको लागि आफ्नो ज्ञान र क्षमताले भ्याएसम्म योगदान गर्ने सल्लाहकार श्रेष्ठले बताए ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  १० : ३२ बजे

राष्ट्रिय अपाङ्ग महासंघको १० औँ महाधिवेशनबाट देविदत्त आचार्यको नेतृत्वमा नयाँ समिति चयन

बुटवल । राष्ट्रिय अपाङ्ग महासंघ नेपालको १० औँ महाधिवेशन बुटवल

गृहमन्त्रीलाई जेनजी नेतृ रक्षा बमको सुझाव- ‘गरिबीलाई अपराध नठान्नुस्’

काठमाडौं । जेनजी नेतृ रक्षा बमले गृहमन्त्री गुरुङलाई सार्वजनिक अभिव्यक्तिप्रति

रिपोर्टर्स क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला

काठमाडौं । समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय तथा व्यवसाय सञ्चालन

ट्रक भाडादर समायोजन गर्न समितिलाई ध्यानाकर्षण

बुटवल । सरकारले इन्धनको मूल्यमा गरेको वृद्धि र त्यसले ट्रक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।