बुटवल । कोरोना संक्रमणबाट तिलोत्तमामा थप एक पुरुषको मृत्यु भएको छ ।
तिलोत्तमा नगरपालिका वडा न २ निवासी ४७ बर्षिय पुरुषको मृत्यु भएको हो ।
लामो समयदेखि स्वासप्रस्वास, प्रेसरको समस्या रहेको उनी ७ दिन देखी होम आइसोलेसनमै रहेका थिए ।
स्वास्थ्यमा समस्या देखीएपछि उनलाइ आज बिहान क्रिमसन अस्पताल लैजादैं गर्दा बाटोमै मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।
प्रतिक्रिया