५ पुस २०८२, शनिबार | December 20, 2025

रुपन्देहीका आज पनि थपिए १८७ कोरोना संक्रमित, बुटवलमा मात्र ७० जना संक्रमित थपिए



बुटवल । रुपन्देहीमा हरेक दिन कोरोना संक्रमित थपिनेको संख्या उकालो लागेको छ । बुधबार पनि रुपन्देहीमा १८७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार बुधबार जिल्लामा ६८ महिला र ११९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार पनि बुटवल उपमहानगरमा सबैभन्दा बढी ७० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । रुपन्देहीको तिलोत्तमामा ३८ जना, सिद्धार्थनगरमा २३ जना, सैनामैनामा १४ जना, देवदह र कोटहिमाईमा १२।१२ जना, ओमसतियामा ३ जना, रोहिणीमा २ जना तथा सुद्धोधन, सियारी र कन्चनमा १।१ जना कोरोना संक्रमित थपिएका छन् ।

आज थपिएसँगै रुपन्द्येहीका कुल संक्रमितको संख्या ५३४७ पुगेको छ । जिल्लामा ५९ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ३०१९ जना कोरोना मुक्त भएर घर फर्केका छन् । रुपन्देहीमा जिल्ला र जिल्ला बाहरिका समेत गरि २२६९ जना संक्रमितहरुले होम आइसोलेसन, कोरोना अस्पताल र स्थानीयतहले संयोजन गरेको बिभिन्न आइसोलेसनमा बसेर कोरोना मुक्तिको दिन पर्खिरहेक छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ९ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको