९ जेष्ठ २०८२, शुक्रबार | May 23, 2025

आईपीएल २०२० : राजस्थानलाई ८ विकेटले पराजित गर्दै हैदराबाद पाँचाैं स्थानमा उक्लियाे



काठमाडाैं । युएइ मा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा सनराइजर्स हैदराबाद विजयी भएकाे छ । बिहीबार राति सम्पन्न खेलमा हैदराबादले राजस्थान रोयल्समाथि ८ विकेटकाे जित हात पार्दै पाँचाैं स्थानमा उक्लिएकाे छ ।

राजस्थानले दिएकाे १ सय ५५ रनको लक्ष्य हैदराबादले ११ बल बाँकी रहँदा २ विकेटकाे क्षतिमा भेट्टायाे । पहिलाे दुई विकेट सस्तैमा गुमाएकाे हैदराबादका लागि मनिष पाण्डे र विजय शंकरले शतकीय साझेदारी गर्दै जित दिलाए ।

पाण्डे र शंकरले नटआउट ८३ र ५२ रनकाे पारी खेले । पाण्डेले ४७ बलमा ८ छक्का र ४ चाैकासहित ८३ रन जाेडे भने शंकरले ५१ बलमा ६ चाैकाकाे मद्धतमा ५१ रनकाे अर्धशतकीय पारी खेले । यसैगरी, जाेनी बेइस्ट्राेले १० तथा कप्तान डेविड वार्नरले ४ रन बनाए ।

यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटकाे क्षतिमा १ सय ५४ रन बनाएको थियो । उत्कृष्ट सुरुवात गरेको राजस्थानले ३.३ ओभरमा ३० रन बनाउँदा ओपनर रोबिन उथप्पा १९ रनमा रनआउट हुन पुगे । उनलाई एक रन लिने क्रममा ज्यासन होल्डरले रनआउट गरे ।

यस्तै दोस्रो विकेटका लागि बेन स्ट्रोक्ससँग ५६ रनको साझेदारी गरेका सञ्जु सामसन ३६ रनमा आउट भए । यसैगरी स्टेक्सले ३०, रियान परागले २०, कप्तान स्टेभन स्मिथले १९ तथा जाेफ्रा आर्चरले अविजित १६ रनकाे पारी खेले । हैदराबादका ज्यासन हाेल्डरले ३, विजय शंकर र राशिद खानले समान एक/एक विकेट लिए ।

राजस्थानमाथि जित हासिल गरेकाे हैदराबाद पाँचाैं स्थानमा उक्लिएकाे छ । १० खेलबाट ८ अंक बनाएका हैदराबाद पञ्जाब र राजस्थानभन्दा राम्राे रनरेट भएपछि साे स्थानमा पुगेकाे हाे । पराजित राजस्थान भने साताैं स्थानमा झरेकाे छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ६ : २७ बजे

नेपालगन्जमा प्रथम नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता शुरु

नेपालगन्ज । नेपालगन्जमा आजदेखी प्रथम नगरस्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी

नेपाल वायुसेवा निगम संचालनार्थ बाह्य रणनीतिक साझेदार भित्र्याइने जनकपुर चुरोट

बजेट लेखनमा जुट्यो अर्थमन्त्रालय, प्रवेशमा कडाई

काठमाडौं । अर्थ मन्त्रालयले मन्त्रालय प्रवेशमा कडाइ गरेको छ ।

भ्रष्टाचार नेपालको मुख्य समस्या, भ्रष्टाचार निर्मूल पार्न माओवादीको सरकार आवश्यक : प्रचण्ड

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

हुम्लामा हिमतालमा फुटेको स्थानमा एक साता पछि पुग्यो प्रहरी

काठमाडौं ।  हुम्लाको नाम्खा गाउँपालिका–६ तिलागाँउमा नेपाल प्रहरीको उद्दार टोली