११ असार २०८३, बिहिबार | June 26, 2026

आईपीएल २०२० : राजस्थानलाई ८ विकेटले पराजित गर्दै हैदराबाद पाँचाैं स्थानमा उक्लियाे



काठमाडाैं । युएइ मा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा सनराइजर्स हैदराबाद विजयी भएकाे छ । बिहीबार राति सम्पन्न खेलमा हैदराबादले राजस्थान रोयल्समाथि ८ विकेटकाे जित हात पार्दै पाँचाैं स्थानमा उक्लिएकाे छ ।

राजस्थानले दिएकाे १ सय ५५ रनको लक्ष्य हैदराबादले ११ बल बाँकी रहँदा २ विकेटकाे क्षतिमा भेट्टायाे । पहिलाे दुई विकेट सस्तैमा गुमाएकाे हैदराबादका लागि मनिष पाण्डे र विजय शंकरले शतकीय साझेदारी गर्दै जित दिलाए ।

पाण्डे र शंकरले नटआउट ८३ र ५२ रनकाे पारी खेले । पाण्डेले ४७ बलमा ८ छक्का र ४ चाैकासहित ८३ रन जाेडे भने शंकरले ५१ बलमा ६ चाैकाकाे मद्धतमा ५१ रनकाे अर्धशतकीय पारी खेले । यसैगरी, जाेनी बेइस्ट्राेले १० तथा कप्तान डेविड वार्नरले ४ रन बनाए ।

यसअघि, दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेटकाे क्षतिमा १ सय ५४ रन बनाएको थियो । उत्कृष्ट सुरुवात गरेको राजस्थानले ३.३ ओभरमा ३० रन बनाउँदा ओपनर रोबिन उथप्पा १९ रनमा रनआउट हुन पुगे । उनलाई एक रन लिने क्रममा ज्यासन होल्डरले रनआउट गरे ।

यस्तै दोस्रो विकेटका लागि बेन स्ट्रोक्ससँग ५६ रनको साझेदारी गरेका सञ्जु सामसन ३६ रनमा आउट भए । यसैगरी स्टेक्सले ३०, रियान परागले २०, कप्तान स्टेभन स्मिथले १९ तथा जाेफ्रा आर्चरले अविजित १६ रनकाे पारी खेले । हैदराबादका ज्यासन हाेल्डरले ३, विजय शंकर र राशिद खानले समान एक/एक विकेट लिए ।

राजस्थानमाथि जित हासिल गरेकाे हैदराबाद पाँचाैं स्थानमा उक्लिएकाे छ । १० खेलबाट ८ अंक बनाएका हैदराबाद पञ्जाब र राजस्थानभन्दा राम्राे रनरेट भएपछि साे स्थानमा पुगेकाे हाे । पराजित राजस्थान भने साताैं स्थानमा झरेकाे छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ६ : २७ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा