१९ आश्विन २०८३, सोमबार | October 6, 2026

थला परेका पूर्व लडाकुलाई स्थानीय तहको सहयोग



बर्दिया । बारबर्दिया नगरपालिकाले प्यारालाईसिस भएर थला परेका जनयुद्धमा सहभागि पूर्व लडाकुलाई बिभिन्न सामाग्री सहयोग हस्तान्तरण गरेको छ । स्थानीय ४० बर्षिय रतनबहादुर थापालाई नगरपालिकाले उपचारकालागि र सहज जिवन यापनका लागि सहयोगी सामाग्री सहयोग गरेको हो ।

नगरपालिकाले पूर्व लडाकु थापाको घरमै पुगेर एयर ब्याग बेड २ थान व्हिलचियर, बेड प्यान, युरिनल लगाएतका सामाग्रिहरु हस्तान्तरण गरेको छ । हस्तान्तरण कै अवसरमा २०७२ साल मंसिर देखि थला परेका थापाको स्वास्थ्यजाँच समेत गरीएको थियो ।

सामाग्री हस्तान्तरण गर्दै लुम्बिनी प्रदेशका सभासद् तिलकशर्मा हिमालले थापाको दैनिकीलाई सहज बनाउनका लागि थप सहयोग जुटाउन आफुले पहल गर्ने प्रतिबद्धता जनाए ।

बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारु कविरले पूर्व लडाकु थापाले गणतन्त्र स्थापनाकालागि खेलेको भुमिकालाई सम्मानगर्दै उनको सहज जिवन यापनका लागि सबैले सहयोग गर्नुपर्ने बताए । थापाको पारिवारको आर्थिक समस्यालाई समाधान गर्ने बताउँदै उनले थापाका छोरीहरुलाई उच्चशिक्षा सम्म पढाउनका लागि सहयोग गर्ने आश्वासन दिए ।

पूर्व लडाकु थापा ब्लड प्रेसर हाई प्यारालाईसिस भएर २०७२ साल देखि थला परेका छन् । उनको शरिरको बाँयाँतर्फको भाग नचल्ने भएका कारण उठ्न बस्न सक्दैनन् । घरको कमाउने व्यक्ति थला परेपछि आर्थिक अवस्था नाजुकबन्दै गएको थापाकी श्रीमती दयाकुमारी थापा क्षेत्रीले बताईन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ८ : १५ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ । देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

म्याग्दी । पछिल्लो एक सातादेखि अवरुद्ध कोरला नाका जोड्ने बेनी-जोमसोम-कोरला

उद्योग वाणिज्य र उपभोक्ता हित संघीय संसदीय समितिमा पश्चिम नेपालको आर्थिक समृद्धिको खाका प्रस्तुत

नेपालगञ्ज । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओलीले बाँके

सशस्त्र प्रहरीका एआइजी दाहाल निलम्बित

काठमाडौँ । गृह मन्त्रालयले संवेदनशील सूचना चुहाएको कसुरमा सशस्त्र प्रहरी

तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने

काठमाडौँ । मनसुन बाहिरिएको ठानेर दङ्ग परेका राजधानीका बासिन्दा अचानक