२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

कोरोना भाइरसबाट सुदूरपश्चिममा २१ जनाको मृत्यु



महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा कैलालीका सबैभन्दा बढी १० जना रहेका छन् । यस्तै बझाङ, अछाम र बाजुरामा दुई÷दुई तथा कञ्चनपुर, डोटी, दार्चुला र डडेल्धुरामा एक/एक जनाको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले पछिल्लो समय सुदूरपश्चिममा सक्रिय सङ्क्रमितको संख्या बढ्दै गएको बताए ।

“अरु प्रदेशको तुलनामा सुदूरपश्चिममा मृत्युदर कम छ”, उनले भने, “कोरोनाबाट निको हुने दर पनि बढी नै छ ।” शुक्रबार साँझसम्म सुदूरपश्चिममा नौ हजार ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सात हजार ४४३ सङ्क्रमित निको भएर घर फर्किएका छन् । बिरामीको प्रभावकारी व्यवस्थापनका कारण सुदूरपश्चिममा मृत्युदर कम भएको जोशीको भनाइ छ । “प्रयोगशाला बढाएर सङ्क्रमण परीक्षणको दायरा बढाउँदै लगेका छौँ”, उनले भने ।

स्वाब परीक्षणा लागि हाल ६ स्थानमा प्रयोगशाला सञ्चालनमा छ। अछाम र कञ्चनपुरमा समेत पीसीआर मेसिन जडानको तयारी रहेको जोशीले बताए ।

हाल सुदूरपश्चिममा एक सङ्क्रमितको अति सघन कक्षमा तथा दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । तीन हजार पाँच सयभन्दा बढी २० वर्षदेखि २९ वर्ष उमेर समूहका सङ्क्रमित बढी छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार  ११ : ४७ बजे

निवर्तमान प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक

काठमाडौं । कुशल सुरक्षा व्यवस्थापन गरेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालबाट

भारतद्वारा घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूको आतङ्कवादी आक्रमण’ ठहर

श्रीनगर । भारत सरकारको मन्त्रिपरिषद्ले यस हप्ताको राजधानी नयाँदिल्लीमा भएको

प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल

पोर्चुगलमा कामदार भिसा बन्द : ठगीधन्धाबाट बच्न अनुरोध

लिस्बन । पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा