२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

४३ वर्ष पछि यस वर्ष कांग्रेसले चियापान कार्यक्रम नगर्ने



काठमाडौं । नेपाली कांग्रेसले बिगत ४३ वर्षको परम्परालाई टोड्दै यसवर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह नगर्ने भएको छ ।

कोरोना महामारीलाई मध्यनजर गर्दै चाडपर्वका अवसरमा कोजाग्रत पूर्णिमाका दिन गरिंदै आएको चियापान कार्यक्रम यो वर्ष नराखिएको नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

लामो निर्वासन पछि २०३३ सालमा बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएपछि २०३४ सालदेखि कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्दै आएको थियो ।

मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, लौहपुरुष गणेशमान सिंह, नेत्री शैलजा आचार्य, नेता खुमबहादुर खड्कालगायत नेताहरु मेलमिलापको नीति लिएर वि.सं २०३३ पुस १६ गते स्वदेश फर्किएका थिए ।

दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका कांग्रेस नेता बीपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।

राजासँग मिल्ने प्रस्ताव लिएर आएपनि तत्कालिन पञ्चायती शासकले नेताहरुलाई बिमानस्थलबाटै पक्राउ गरि सुन्दरीजल जेल पठाएको थियो । काँग्रेसले राष्ट्रिय एकता तथा मेलमिलापकै एजेण्डाका रुपमा बि.स २०३४ साल देखि हरेक वर्षको कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्दै आएको छ ।

तर यस वर्ष कोरोना महामारीका कारण कात्तिक १४ गतेको चियापान कार्यक्रम नगरिने पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ३ : ३० बजे

एकीकृत सुरक्षा योजनाअनुसार नेपाली सेना परिचालित छ : नेपाली सेना

काठमाडौँ । नेपाली सेनाले सरोकारवाला सबै निकायसँग आवश्यक समन्वय र

प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी

काठमाडौँ । निर्वाचन आयोगले मतगणना सुरु भएको २४ घन्टाभित्र प्रत्यक्षतर्फको

कोशी प्रदेशमा निर्वाचन सुरक्षा मजबुत

काठमाडौं । यसपटकको निर्वाचनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चामा रहेका

भोलि निर्वाचनका दिन कतै पनि वर्षा नहुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले

छ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने

काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता