२ पुस २०८२, बुधबार | December 17, 2025

बाँकेमा २२८जना डिस्चार्ज हुँदा १३ जना नयाँ कोरोना संक्रमित थपिए



नेपालगन्ज । बाँकेमा एकै दिन दुई चरणमा गरि २२८ जनालाई डिस्चार्ज दिईएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो परिपत्र अनुसार १० दिन आइसोलेसन बसेका लक्षण नदेखिएकाहरुलाई डिस्चार्ज दिने निर्देशन अनुसार डिस्चार्ज दिईएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

गत असोज २८ र २९ गते कोरोना पुष्टि भएर आइसोलेनमा बसेका ७१ जनालाई आईतबार साँझ दोस्रो चरणमा डिस्चार्ज दिईएको छ । आइृतबार बिहानै १५७ जना कोरोना संक्रमितलाई बिदाई गरिएको थियो ।

यसैबीच बाँकेमा आईतबार थप १३ जनामा कोरोना भाईरस संक्रमण थपिएका छन् । शुक्रबार र शनिबार संकलन गरिएको स्वावको रिपोर्ट अनुसार आईतबार १३ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड(१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

भेरी अस्पतालको प्रयोगशालामा गरीएको परिक्षणमा आईत्बार बिहान बाँकेका ३ र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरीएको परिक्षणमा सांझ थप १० जनामा संक्रमण देखिएको हो । आज थपिएसँगै बाँकेमा कोरोना संक्रमितको कुल सँख्या २९९० पुगेको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

विभिन्न आइसोलेसन केन्द्रमा अब ३७५ सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या २ हजार ९९० रहेको छ भने ३० जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

आईतबार नै जिल्लामा

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ७ : ३२ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन