५ पुस २०८२, शनिबार | December 20, 2025

प्रधानमन्त्री ओलीले लगाए राष्ट्रपति भण्डारीको हातबाट टीका र जमरा



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दशैंको टीका लगाइदिएकी छिन् ।

सोमबार टीकाको शुभसाईतमा बालुवाटारमा पत्नी राधिका शाक्यलाई टीका लगाइदिएका प्रधानमन्त्री ओली दिउँसो राष्ट्रपति भण्डारीसँग टीका थाप्न राष्ट्रपति निवास पुगेका थिए ।

ओलीले राष्ट्रपतिको हातबाट टीका लगाएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । प्रधानमन्त्रीको सचिवालयले टीका लगाएको फोटो पनि सार्वजनिक गरेको छ ।

प्रेस सल्लाहकार थापाले ट्वीटरमा लेखका छन्, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले आज शीतल निवासमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूबाट बडा दसैँको टीका ग्रहण गर्नुभएको छ। त्यस क्रममा राष्ट्रपतिज्यूले टीका र जमराको माला लगाइदिनु भएको छ’, थापाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

त्यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज आमा मिथिला पाण्डेका हातबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी थिइन ।

राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गर्नुभएको राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिएका छन् ।

त्यस अवसरमा राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाइदिएकी छिन् ।

 

 

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ४ : ५४ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता