२४ मंसिर २०८२, बुधबार | December 10, 2025

नेकपाको चियापान कार्यक्रम स्थगित



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले दशैं तिहार, नेपालसम्वत्, छठ पर्वको अवसरमा आयोजना गर्दै आएको शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम स्थगित गरेको छ ।

नेकपा केन्द्रीय कार्यालयका कार्यालय सचिवद्वय श्रीराम ढकाल र इश्वरी रिजालले मंगलबार विज्ञप्ति जारी गर्दै यसवर्ष शुभकामना र चियापान कार्यक्र स्थगित गरिएको जनाएका छन् ।

कोरोना भाइरसको संक्रमण निरन्तर फैलिँदो क्रममा रहेका कारण र सरकारले समेत भीडभाड नगर्न भएका कारण चियापान कार्यक्रम स्थगित गरिएको विज्ञप्तिमा जनाइएको छ ।

नेकपाले भनेको छ, ‘हाम्रो पार्टीले नेपालीहरूका यी चाडपर्व (बडादसैं तिहार, नेपाल सम्वत्, छठ लगायत) हरूका अवसरमा विगत वर्षहरूमा आयोजना गर्दै आइरहेको शुभकामना आदान(प्रदान तथा चियापान कार्यक्रम कोभिड–१९ महामारीका कारण यसवर्ष स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

हरेक वर्ष दशैं पछाडि नेकपाले चियापान कार्यक्रम आयोजना गर्दै आएको थियो । यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि चियापान र शुभकामना आदनप्रदान कार्यक्रम स्थगित गरिसकेको छ । काँग्रेसले कोजाग्रत पुर्णीमाका दिन चियापान कार्यक्रम गर्दै आएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि चाडपर्वका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम यसअघि नै स्थगित गरिसकेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  २ : १० बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल