७ आश्विन २०८३, बुधबार | September 23, 2026

तातोपानी नाका आजबाट सुचारु हुँदै



काठमाडौं । लामो समय बन्द भएको नेपाल चीनबीचको मुख्य व्यापारिक कारोबार नाका तातापानी नाका आजबाट सञ्चालनमा आएको छ ।

२०७२ सालको भूकम्पपछि निरन्तर बन्द हुँदै आएको यो नाका केही समय अघि खुलेपनि असोज २०देखि पुनः बन्द थियो । पछिल्लो पटक कोरोना भाइरसको संक्रमण नेपालमा बढेपछि चिनियाँ अधिकारीहरुले नाका बन्द गरेका थिए । नेपालबाट सामान लाडे गर्न जाने सात जना श्रमिकमा कोरोना संक्रमण देखिएपछि नाका बन्द भएको थियो ।

तर, आज बुधबारबाट तातोपानी नाका पुनः सुचारु हुन लागेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । चीनबाट आएका सामानहरु आजै साँझसम्म तातोपानी भन्सार यार्डसम्म आइपुग्ने जानकारी ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले सिन्धुपाल्चोक प्रशासनलाई जानकारी गराएको छ ।

कोरोना संक्रमणको अवस्था नघटिसकेका कारण सुरक्षा सतर्कता अपनाउँदै नाका सञ्चालन गर्न लागिएको छ । नेपालले तयार पारेको आइसोलेसन यार्डमा चिनियाँ ट्रकले नै सामान ल्याएर छोड्ने सहमति चिनियाँ अधिकारीहरुसँग भएको छ ।

समझदारीअनुसार सामान ल्याउनका लागि नेपाली श्रमिकहरु चिनियाँ भूमिमा प्रवेश गर्नपर्दैन । दैनिक सात वटासम्म चिनियाँ कन्टेनर नेपाली भन्सास यार्डमा आउने जनाइएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७७, बुधबार  १२ : ४० बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई