नेपालगन्ज । सरकारी स्वामित्वको ल्यावमा स्वाव संकलन कार्य सुस्त भएसँगै बाँकेमा कोरोना संक्रमित थपिने क्रम ३६ जनामा सिमित भएको छ । वडा दशैं लागेर सरकारी स्वामित्वको भेरी अस्पतालको ल्यावमा स्वाव संकलन घटेपछि कोरोना संक्रमणको दर घटेको हो । मंगलबार ११ वटा मात्र स्वाव संकलन भएको भेरी अस्पतालमा मंगलबार नै पीसीआर रिपोर्ट बुझाएर बुधबार दिनभरी परीक्षण नभएको अस्पताल श्रोतले जनाएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार बुधबार बाँकेमा १६ जना महिला र २० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा नेपालगन्ज मेडिकल कलेज ल्यावमा २८ जना र बागेश्वरी ल्यावमा ८ जना गरि ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज थपिएसँगै बाँकेमा कुल संक्रमितको संख्या ३०४० पुगेको छ । बुधबार १८ जना डिस्चार्ज भएसँगै बाँकेमा २६७८ जना कोरोना मुक्त भएका छन् । बाँकेमा जिल्ला भित्रका ३० जना र जिल्ला बाहिरबाट उपचार गर्न आएका १६ जना कोरोना संक्रमित सहित ४६ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया