७ आश्विन २०८३, बुधबार | September 23, 2026

फ्रान्समा फेरि एक महिना लकडाउन



एजेन्सी । कोरोना भाइरसको महामारी बढेपछि फ्रान्समा फेरि एक महिनाको देशव्यापी लकडाउनको घोषणा गरिएको छ ।

कोरोनाको दोस्रो लहर शुरु भएको भन्दै फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोनले देशव्यापी लकडाउनको घोषणा गरेका छन् ।

कोरोनाको दोस्रो लहर झन् खतरनाक हुने भन्दै म्याक्रोनले अत्यावश्यक बाहेक सबैले घरबाटै काम गर्न आह्वान गरेका छन् ।

शुक्रबारदेखि सुरू हुने लकडाउन नोभेम्बर अन्त्यसम्म जारी रहनेछ । लकडाउन भए पनि विद्यालय र अत्यावश्यक उद्योग भने खुल्न दिइने भएको छ ।

अत्यावश्यक नठानिएका उद्योग, रेस्टुरेन्ट र बार भने बन्द हुने छन् । फ्रान्समा पछिल्लो २४ घण्टामा थप ३६ हजार ४३७ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  ७ : २३ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११