२८ चैत्र २०८२, शनिबार | April 11, 2026

फ्रान्सको नीस शहरमा अन्धधुन्ध चक्कु प्रहार, ३ जनाको मृत्यु कैयौं घाइते



फ्रान्सको नीस शहरमा एक आक्रमणकारीले अन्धधुन्ध चक्कु प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ । आक्रमणमा अन्य कैयौं व्यक्ति घाइते भएका छन् ।

नीस शहरका मेयर क्रिश्चियन एस्ट्रोसीका अनुसार यस हमलामा जिम्मेवार मानिएका एक संदिग्ध व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

मेयर एस्ट्रोसीले हमला आतंकवादी हमलाको संकेत भएको बताएका छन् । यो आक्रमण चर्चित चर्च नोट्रेडेम बेसिलिकाको नजिकै भएको थियो ।

भूमध्यसागरको किनारामा रहेको नीस शहर दक्षिणी फ्रान्सको प्रमुख शहर हो । स्थानीय प्रशासनले सर्वसाधारणलाई फ्रेन्च रिवेरा शहरको क्षेत्रमा जानबाट रोक लगाएको छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले इस्लामी अतिवाद विरुद्ध लड्न प्रतिवद्धता जनाएको केही दिनभित्रै आक्रमण भएको छ । यसअघि एक स्कुल शिक्षकलाई पैगम्बर मोहम्मदको फोटो देखाएको भन्दै एक आक्रमणकारीले टाउको काटेर हत्या गरेको थियो । त्यसपछि राष्ट्रपति म्याक्रोनले इस्लाम संकटमा पर्दै गएको धर्म भन्दै अतिवादका विरुद्ध लड्ने प्रतिवद्धता जनाएका थिए ।

म्याक्रोनको अभिव्यक्तिको टर्कीका राष्ट्रपति रिसेप तैयप एडोग्रानले आलोचना गर्दै म्याक्रोनलाई दिमागी समस्या भएको टिप्पणी गरेका थिए । त्यसलगत्तै फ्रान्सले टर्कीस्थित आफ्ना राजदूतलाई फिर्ता बोलाएको थियो ।

फ्रान्सको चर्चित कार्टुन पत्रिका चार्ली हेब्डोले पैगम्बर मोहम्मदको कार्टुन छापेको थियो । सोही पत्रिकाले टर्कीका राष्ट्रपति रिसेप तैयप एडोग्रानको कार्टुन समेत छापेपछि अहिले फ्रान्स र टर्कीबीचको सम्बन्ध तनावपूर्ण बनेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  ४ : ०८ बजे

पाकिस्तानमा इरान-अमेरिका वार्ता सुरु : इरानी सञ्चारमाध्यम

तेहरान । मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकासँग इस्लामावादमा वार्ता सुरु

ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई गम्भीर घाइते

सङ्खुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी-तुम्लिुङटार सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा

मोरङमा १ अर्बको अत्याधुनिक ‘एलेक्सा लाइफसाइन्सेज’ सञ्चालनमा

मोरङको बुढीगंगा गाउँपालिका-3२ मा १ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा अन्तर्राष्ट्रिय

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख