२४ मंसिर २०८२, बुधबार | December 11, 2025

मुकेश चौरसिया हत्याको आरोपमा १२ जना विरूद्ध पर्सा प्रहरीमा जाहेरी दर्ता



पर्सा । नेपाल कम्युनिष्ट पार्टीका नेता मुकेश चौरसियाको हत्या आरोपमा १२ जना विरूद्ध पर्सा प्रहरीमा जाहेरी परेको छ ।

नेकपाकै नेता एवं पूर्वसभाद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध प्रहरीमा चौरसियाको परिवारले ज्यानसम्बन्धी कसुरमा जाहेरी दरखास्त दिएको हो ।

प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयको आदेशमा बिहीबार जाहेरी दर्ता गरेको छ । यसअघि प्रहरीले जाहेरी लिन अस्वीकार गर्दै आएको थियो ।

जाहेरी अस्वीकारको विरोधमा नेकपा नेता कार्यकर्ताहरूले प्रहरी विरूद्ध प्रदर्शन गर्दै आएका थिए ।

नेकपाका प्रदेश २का ३७ जना नेताहरूले बुधबार मात्रै विज्ञप्ति प्रकाशित गर्दै हत्यारालाई कार्वाहीको माग गरेका थिए । उनीहरूले जाहेरी दर्ता नगर्ने पर्सा प्रहरी प्रमुख गंगा पन्तलाई पनि कारवाही गर्न माग गरेका थिए ।

किटानी जाहेरी परेकामध्ये ३ जना मात्रै हिरासतमा छन् । अन्यलाई प्रहरीले पक्राउ गरेको छैन ।

प्रहरीले जाहेरी लिन नमानेपछि मृतकका परिवारले  चौरसियाको शव समेत बुझेका थिएनन् । जाहेरी दर्ताभएसँगै मृतकका आफन्तले चौरसियाको शव बुझेर भोलि अन्त्येष्टि गर्ने भएका छन् ।

नेकपाका दुई समुहबीच गत कात्तिक ५ गते विन्धवासिनी गाउँपालिकामा झडप हुँदा चौरसिया गम्भिर घाइते भएका थिए । उनको उपचारकै क्रममा ६ गते मृत्यु भएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  ७ : २५ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल