२० आश्विन २०८३, मंगलबार | October 6, 2026

चौरसिया हत्या प्रकरण : हत्या भएको एकसाता पछि पर्सा प्रहरीमा जाहेरी दर्ता



वीरगंज । नेकपाको गाँउ पार्टी कमिटीको सपथ ग्रहण समारोहमा भएको झडपमा परि मारिएका नेकपा पर्साका जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्या भएको एकसाता पछि जाहेरी दर्ता भएको छ । एकसातादेखि लगातार जाहेरी दर्ता गर्न अस्विकार गरेको पर्सा प्रहरीमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गरेको हो । हत्या अभियोग लागेका पूर्व सभासद राजकुमार गुप्ता सहित १२ जनाविरुद्ध जाहेरी दर्ता भएको हो ।

प्रहरीले किटानी जाहेरी दर्ता गर्न अस्विकार गरेपछि नेकपा स्थायी समिति सदस्य मातृकाप्रसाद यादवको अगुवाईमा एकसाता देखि वीरगंजमा विरोध तथा धर्ना कार्यक्रम हुँदै आएको थियो ।

प्रहरीले जाहेरी नलिएपछि मृतक चौरसियाको शव एक सातासम्म परिवारले बुझ्‍न अस्वीकार गर्दै आएको थियो । जाहेरी दर्ता भएसँगै मृतकको शव बुझेर शुक्रबार नै अन्त्यष्टि गर्ने सहमती भएको बताईएको छ ।

झडप भएकै दिन प्रहरीले नेकपा पर्साका नेता राजकुमार गुप्ता सहित ४ जनालाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले केहिबेर नियन्त्रणमा लिएकाहरु मध्य गुप्तालाई प्रहरी कार्यालयबाटै र अन्य २ जनालाई स्वास्थ्य जांचका लागि भन्दै अस्पताल लगेर छाडीएको मृतक पक्षधरहरुले आरोप लगाएका छन् । प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा हनिफ मियाँ गद्दी, सोकदिन मियाँ गद्दी र देवा सहनीलाई पक्राउ गरेको छ भने पक्राउ परेका तथा झडपमा सामान्य घाइते समेत भएका उत्तम तिवारी र चिन्टु तिवारी अस्पतालबाटै फरार भएको प्रहरीले बताउँदै आएको छ ।

 

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  १० : ३९ बजे

मिनेन्द्र रिजालले कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापतिमा उम्मेदवारी

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ ९आईपीयू०

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि

गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदीय हैसियतको दुरुपयोग गर्दै राज्यका