२२ बैशाख २०८१, शनिबार | May 4, 2024

आईपीएल २०२० : पञ्जाबमाथि राजस्थान ७ विकेटले विजयी हुँदै पाँचाैं स्थानमा उक्लियाे



काठमाडौं । युएइमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत राजस्थान रोयल्स विजयी भएको छ । शुक्रबार राति सम्पन्न भएको खेलमा राजस्थानले किङ्स इलावेन पञ्जाबलाई ७ विकेटले पराजित गरेको हो ।

१ सय ८६ रनकाे लक्ष्य पछ्याएकाे राजस्थानले १७.३ ओभरमा पुरा गर्दै ७ विकेटकाे जित हासिल गरेकाे हाे । राजस्थानका लागि बेन स्ट्राेक्स र राेबिन उथप्पाले पावरप्लेकाे ५.३ ओभरमा ६० रनकाे उत्कृष्ट साझेदारी गरे । स्ट्राेक्सले ५० तथा उथप्पाले ३० रन बनाए ।

यस्तै, सञ्जु सामसनले ४८ तथा स्टेभन स्मिथ र जाेस बट्लरले नटआउट ३१ तथा २२ रनकाे पारी खेले । यसअघि, अबुधाबीस्थित शेख जायद स्टेडियमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो । पञ्जाबका लागि क्रिस गेल (युनिभर्सल बोस) ले ९९ रनको सर्वाधिक पारी खेले । गेल शतक प्रहार गर्नबाट एक रनले चुके ।

पञ्जाबको सुरुवात भने खराब रह्यो । पहिलो ओभरमै ओपनर मन्दीप सिंह शून्य रनमा जोफ्रा आर्चरको बलमा बेन स्ट्रोक्सद्वारा क्याच आउट भए । लोकेश राहुलले क्रिस गेलसँग १ सय २० रनको शतकीय साझेदारी गर्दै टोलीको स्कोर १ सय २१ रनसम्म पुर्याए । राहुुले आउट हुनअघि ४१ बलमा दुई छक्का र ३ चौकासहित ४६ रन जोडे ।

यसैगरी निकोलस पूरनले १० बलमा २२ रन, ग्लेन म्याक्सवेलले नटआउट ६ तथा दीपक हूडाले १ रन बनाए । राजस्थानका जोफ्रा आर्चर र बेन स्ट्रोक्सले समान २-२ विकेट लिए ।

पञ्जाबमाथि जित हात पार्दै राजस्थान अंक तालिकाकाे पाँचाैं स्थानमा उक्लिएकाे छ । १३ खेलबाट समान १२ अंक भएपनि रनरेटका आधारमा पञ्जाब चाैथाे, राजस्थान पाँचाैं र काेलकाता छैटाैं स्थानमा रहेकाे छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ६ : ४१ बजे

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।

गौशालाका गाई गोरुलाई निलकण्ठ आमा समुहको दानापानी

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी सुरु

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ