६ पुस २०८२, आइतबार | December 21, 2025

झापाका कोरोना संक्रमित पुरुषको धरानमा मृत्यु



धरान । झापाका कोरोना संक्रमित पुरुषको धरानमा मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट झापाको गौरीगन्ज गाउँपालिका बस्ने ७३ वर्षीय एक वृद्ध पुरुषको शनिबार बिहान धरानमा मृत्यु भएको हो ।

कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई  कात्तिक ७ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार मुटुसम्बन्धी दीर्घ रोगी वृद्ध पुरुषको बिहान ६ बजेर ४५ मिनेटमा मृत्यु भएको हो ।

योसहित प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  १० : ०२ बजे

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या