११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

जर्मनीमा कोभिडका संक्रमितको संख्या पाँच लाख नाघ्यो



एजेन्सी । जर्मनीमा कोरोना भाइरसका संक्रमितको संख्या पाँच लाख नाघेको छ ।  स्वास्थ्य अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार यहाँ कोभिडका संक्रमितको संख्या ५ लाख १८ हजार ७५३ जना पुगेको छ ।

साथै  संक्रमणबाट गएको २४ घन्टा यता कम्तीमा पनि १९ हजार जना संक्रमित भेटिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । जर्मनीमा कोरोना संक्रमण शुरु भएदेखिको यो नै सबैभन्दा ठूलो संख्या भएको पनि उनीहरुले बताएका छन् । जर्मनीमा यस कोभिड भाइरसको दोस्रो वेभ आएको बताइएको थियो ।

त्यसैले पनि पछिल्लो समयमा  धेरै संक्रमितहरु देखिएको बताइएको छ । यहाँ यस भाइरसको प्रकोपबाट मृत्यु हुनेको संख्या पनि १० हजार नाघेको छ । गएको २४ घन्टामा यो संक्रमणबाट कम्तीमा पनि १०३ जनाको ज्यान गएको छ । यो सँगै  यस कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार ४५२ जना पुगेका छन् ।

जर्मनीमा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप बढेपछि यहाँका कतिपय क्षेत्रमा कडा खालका प्रतिबन्धहरु पनि लगाइएको समाचार यसअघि नै आएको थियो । यहाँको सरकारले यो भाइरसको प्रकोप बढ्दै गएकोले अझै कडा खालका लकडाउनका कार्यक्रमहरु पनि घोषणा गर्ने कि भनेर पनि परामर्श गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ३ : ५९ बजे

धादिङ बस दुर्घटनाको छानबिन गर्न जाँचबुझ समिति गठन

काठमाडौं । धादिङमा गएराति भएको बस दुर्घटनाको सन्दर्भमा गृहमन्त्री ओमप्रकाश

मतदाता शिक्षालाई कसरी प्रभावकारी बनाउने ?

काठमाडौँ । प्रजातन्त्र या लोकतन्त्रमा जनताले छानेका व्यक्तिहरूले मात्र जनतामाथि

सिन्धुलीको मरिणमा नेपाली-चिनियाँ कामदारबीच झडप, सात जना घाइते

काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिकामा निर्माणाधीन राँगाको मासु प्रशोधन उद्योगमा

संयोजक प्रचण्डद्वारा धादिङ दुर्घटनाका घाइतेको प्रभावकारी उपचार गर्न आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले धादिङमा

धादिङ बस दुर्घटनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

काठमाडौँ । धादिङमा भएको बस दुर्घटनामा परि घाइते भएकाहरुमा २