२९ मंसिर २०८२, सोमबार | December 15, 2025

छोराको कुटाइबाट आमाको मृत्यु



सिरहा । सिरहाको कर्जन्हा नगरपालिकामा आफ्नै छोराको कुटाईबाट आमाको मृत्यु भएको छ । कर्जन्हा नगरपालिका – ३ स्थित खैराटोलका ४७ वर्षिय राम अवतार साह सोनारले घरायसी विवादमा आफ्नै आमा ८५ वर्षिय सुदामा देवी साहलाई घाँटी थिचि हत्या गरेको हो ।

गत मंगलबार बेलुका घरायसी विवादका क्रममा घाँटी थिची आईते बनाएकी सुदामाको जनकपुरस्थित रामजानकी मेडिकलमा उपचार गराएपनि सुधार नभएपछि थप उपचारको लागि जिल्ला अस्पताल सिरहा ल्याईको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमाशंकर पंजियारले जानकारी दिए । उपचारकै क्रममा उनको आज अपरान्ह मृत्यु भएको

जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ( डीएसपी ) शालिग्राम शर्माले जानकारी दिए ।

प्रहरीले कुटपीट गरी घाँटी थिच्ने सुदामाका छोरा राम अवतारलाई प्रहरीले आवश्यक कार्वाहीको लागि नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुन्धान भईरहेको प्रहरीले जनाएको छ ।

स्थानीयले भने आफ्नै आमालाई बोक्सिको आरोप लगाउँदै कुटपीट गरी मलमुत्र खुवाउने प्रयास गरेको बताइएको छ । रामअवतारले बोक्सीलाई मलमुत्र खुवाएपछि गुण समाप्त हुन्छ भन्दै खुवाउने प्रयास गरेको बताइएको छ । प्रहरीले समयमै खवर पाएपछि उनले मलमुत्रभने खुवाउन पाएका थिएनन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ९ : ५५ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले