१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

भैसी झारफुक गराउन आएकी महिलामाथि झाँक्रीले गरे बोक्सी भन्दै कुटपिट



पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकामा धामी झाँक्रीको काम गर्ने एकजनाले भैसी फुकाउन आउकी महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरेका छन् ।

बगनासकाली गाउँपालिका वडा नं. ९ बस्ने धामी झाँक्रीको काम गर्दै आएका २९ वर्षिय पदम बस्यालले आफ्नो भैंसी बिरामी भएको भन्दै फुकाउन आएकी महिलालाई बोक्सीको आरोप लगाउँदै कुटपिट गरेका हुन् । चामल अक्षेता लिएर भैसी सहित फुकाउन गएकी महिलालाई उल्टो बोक्सीको आरोप लगाउँदै बस्यालले कुटपिट गरेर घाइते बनाएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती महिलालाई झाँक्री बस्यालले ल्वाङ खन दिएको र तीम्रो आँखामा बोक्सी बसेको छ भन्दै पैयुको लौरो र हातको मुठीले देब्रे पाखुरा लगायत शरिरको विभिन्न भागमा निलडाम हुने गरी कुटपिट गरेका छन् । कुटपिटबाट घाइते भएकी महिलाले बोक्सी आरोप कसुर अन्तर्गत कारवाहीको माग गरेपछि प्रहरीले बस्याललाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका बस्यालमाथि जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान अधिकृत तोकेर अनुसन्धान थालिएको पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले बताए ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  १० : ५५ बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा