११ असार २०८३, बिहिबार | June 26, 2026

आईपीएल २०२० : बेङ्गलाेरलाई ५ विकेटले पराजित गर्दै हैदराबाद चाैथाे स्थानमा उक्लियाे



काठमाडाैं । युएइमा जारी १३ औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत सनराइजर्स हैदराबाद विजयी भएकाे छ । शनिबार राति सम्पन्न खेलमा हैदराबादले राेयल च्यालेञ्जर्स बेङ्गलाेरलाई ५ विकेटले पराजित गरेकाे हाे ।

बेङ्गलाेरले दिएकाे १ सय २१ रनकाे लक्ष्य पछ्याएकाे हैदराबादले १४.१ ओभरमा पाँच विकेटकाे क्षतिमा भेट्टाएकाे थियाे । हैदराबादका ऋद्धिमान साहले ३९, मनिष पाण्डेले २६ तथा ज्यासन हाेल्डरले नटआउट २६ रनकाे याेगदान दिए ।

यसअघि, शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेकाे बेङ्गलाेरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २० रन बनाएकाे थियाे ।

बेङ्गलाेरका जाेस फिलिपले ३२, एबी डि भिलियर्सले २४, वासिङ्टन सुन्दरले २१ तथा गुरकिरत सिंह मानले १५ रन जाेड्नुबाहेक अन्य खेलाडीले दाेहाेराे अंकमा रन बनाउन सकेन । यसैगरी, देवदत्त पडिक्कले ५, विराट काेहलीले ७, क्रिस माेरिसले ३, इरूसु उदनाले शून्य तथा माेहम्मद सिराजले २ रन बनाए ।

हैदराबादका सन्दीप शर्मा र ज्यासन हाेल्डरले २-२ तथा टी नटराजन, शाहबाज नदीम र राशिद खानले समान एक-एक विकेट लिए ।बेङ्गलाेरमाथि जित हात पारेकाे हैदराबाद १३ खेलबाट १२ अंक जाेड्दै चाैथाे स्थानमा उक्लिएकाे छ । १

३औं चरणकाे सबै खेल सकिँदासम्म मुम्बइ इन्डियन्स १८ अंकका साथ शीर्ष स्थानमा रहँदै क्वालिफायरमा छनाेट भइसकेकाे छ भने बाँकी तीन टाेलीकाे टुंगाे लाग्न बाँकी रहेकाे छ । बेङ्गलाेर र दिल्ली समान १४ अंक भएपनि रनरेटका आधारमा बेङ्गलाेर दाेस्राे र दिल्ली तेस्राे स्थानमा रहेकाे छ ।

यसैगरी, बाँकी चार वटा टिमले १३ खेलबाट १२ अंकसहित हैदराबाद चाैथाे, पञ्जाब पाँचाै, राजस्थान छैटाैं र काेलकाता साताैं स्थानमा रहेका छन् भने चेन्नइ पुछारमा रहेकाे छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ६ : ४६ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा