४ पुस २०८२, शुक्रबार | December 20, 2025

आईपीएल २०२० : बेङ्गलाेरलाई ५ विकेटले पराजित गर्दै हैदराबाद चाैथाे स्थानमा उक्लियाे



काठमाडाैं । युएइमा जारी १३ औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० अन्तर्गत सनराइजर्स हैदराबाद विजयी भएकाे छ । शनिबार राति सम्पन्न खेलमा हैदराबादले राेयल च्यालेञ्जर्स बेङ्गलाेरलाई ५ विकेटले पराजित गरेकाे हाे ।

बेङ्गलाेरले दिएकाे १ सय २१ रनकाे लक्ष्य पछ्याएकाे हैदराबादले १४.१ ओभरमा पाँच विकेटकाे क्षतिमा भेट्टाएकाे थियाे । हैदराबादका ऋद्धिमान साहले ३९, मनिष पाण्डेले २६ तथा ज्यासन हाेल्डरले नटआउट २६ रनकाे याेगदान दिए ।

यसअघि, शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेकाे बेङ्गलाेरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय २० रन बनाएकाे थियाे ।

बेङ्गलाेरका जाेस फिलिपले ३२, एबी डि भिलियर्सले २४, वासिङ्टन सुन्दरले २१ तथा गुरकिरत सिंह मानले १५ रन जाेड्नुबाहेक अन्य खेलाडीले दाेहाेराे अंकमा रन बनाउन सकेन । यसैगरी, देवदत्त पडिक्कले ५, विराट काेहलीले ७, क्रिस माेरिसले ३, इरूसु उदनाले शून्य तथा माेहम्मद सिराजले २ रन बनाए ।

हैदराबादका सन्दीप शर्मा र ज्यासन हाेल्डरले २-२ तथा टी नटराजन, शाहबाज नदीम र राशिद खानले समान एक-एक विकेट लिए ।बेङ्गलाेरमाथि जित हात पारेकाे हैदराबाद १३ खेलबाट १२ अंक जाेड्दै चाैथाे स्थानमा उक्लिएकाे छ । १

३औं चरणकाे सबै खेल सकिँदासम्म मुम्बइ इन्डियन्स १८ अंकका साथ शीर्ष स्थानमा रहँदै क्वालिफायरमा छनाेट भइसकेकाे छ भने बाँकी तीन टाेलीकाे टुंगाे लाग्न बाँकी रहेकाे छ । बेङ्गलाेर र दिल्ली समान १४ अंक भएपनि रनरेटका आधारमा बेङ्गलाेर दाेस्राे र दिल्ली तेस्राे स्थानमा रहेकाे छ ।

यसैगरी, बाँकी चार वटा टिमले १३ खेलबाट १२ अंकसहित हैदराबाद चाैथाे, पञ्जाब पाँचाै, राजस्थान छैटाैं र काेलकाता साताैं स्थानमा रहेका छन् भने चेन्नइ पुछारमा रहेकाे छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ६ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको