२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

बर्दियामा १ सातामा बाघको आक्रमणबाट ५ जनाको ज्यान गयो, बर्दिया राष्ट्रिय निकुञ्जको टोलि कागजमै बाघ खोज्दै



बर्दिया । बाघको आक्रमणबाट २ जनाको ज्यान गएको ५ दिन नबित्दै बर्दियामा थप १ जनाको बाघको आक्रमणबाट मृत्यु भएको छ ।

शनिबार बेलुका बाघको आक्रमणबाट गेरुवा गाउँपालिका ४ राजिपुरका ६८ वर्षीय लहानु थारुको ज्यान गएको हो । घर नजिकै रहेको खोलामा गोरुलाई पानी खुवाउने क्रममा बाघले आक्रमण गर्दा थारुको घटनास्थलमै मृत्यु भएको थियो भने पानी खाँदै गरेको गारुलाई बाघले घिसारेर जङ्गलतर्फ लगेको बर्दिया प्रहरीले पुष्टि गरेको छ ।

यसअघि मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी दुई जनाको मृत्यु भएको थियो । सो घटनामा मधुवन– ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश चौधरीको मृत्यु भएको थियो ।

धनौराको बेलझुण्डी सामुदायिक वनमा थारु बाख्रा चराउन गएको र उनी घर नफर्किएपछि खोज्दै जाँदा चौधरीलाई समेत बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । दुई साता पहिले मात्रै सोही ठाउँमा घाँस काट्ने क्रममा बाघले आक्रमण गर्दा मधुवन–३ भगरैया बस्ने २८ वर्षीय गंगा बुढाको पनि ज्यान गएको थियो ।

एक महिना भित्र बर्दियामा पाटे बाघको आक्रमणबाट ५ जनाको ज्यान गएको छ भने साढे एक वर्षको अवधीमा बर्दिया निकुञ्ज, मध्यवर्ती क्षेत्र र डिभिजन बन क्षेत्रमा पाटे बाघको आक्रमणबाट १० जनाको ज्यान गएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना, राष्ट्रिय प्रकृती संरक्षण कोष सहितको क्यामरा ट्रयापिङ र बाघ नियन्त्रणमा लिने विषेशज्ञ सहितको टोली खटिसकेको बर्दिया राष्ट्रिय निकुन्जले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ९ : ३६ बजे

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म कर्णालीमा हुने

सुर्खेत । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको

देउवाको अपिल : ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा करिब साढे पाँच

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर

अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटकका रोजाइमा

सुनसरी । दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी र प्रकृतिमा आधारित