२० बैशाख २०८१, बिहिबार | May 2, 2024

बर्दियामा १ सातामा बाघको आक्रमणबाट ५ जनाको ज्यान गयो, बर्दिया राष्ट्रिय निकुञ्जको टोलि कागजमै बाघ खोज्दै



बर्दिया । बाघको आक्रमणबाट २ जनाको ज्यान गएको ५ दिन नबित्दै बर्दियामा थप १ जनाको बाघको आक्रमणबाट मृत्यु भएको छ ।

शनिबार बेलुका बाघको आक्रमणबाट गेरुवा गाउँपालिका ४ राजिपुरका ६८ वर्षीय लहानु थारुको ज्यान गएको हो । घर नजिकै रहेको खोलामा गोरुलाई पानी खुवाउने क्रममा बाघले आक्रमण गर्दा थारुको घटनास्थलमै मृत्यु भएको थियो भने पानी खाँदै गरेको गारुलाई बाघले घिसारेर जङ्गलतर्फ लगेको बर्दिया प्रहरीले पुष्टि गरेको छ ।

यसअघि मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी दुई जनाको मृत्यु भएको थियो । सो घटनामा मधुवन– ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश चौधरीको मृत्यु भएको थियो ।

धनौराको बेलझुण्डी सामुदायिक वनमा थारु बाख्रा चराउन गएको र उनी घर नफर्किएपछि खोज्दै जाँदा चौधरीलाई समेत बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । दुई साता पहिले मात्रै सोही ठाउँमा घाँस काट्ने क्रममा बाघले आक्रमण गर्दा मधुवन–३ भगरैया बस्ने २८ वर्षीय गंगा बुढाको पनि ज्यान गएको थियो ।

एक महिना भित्र बर्दियामा पाटे बाघको आक्रमणबाट ५ जनाको ज्यान गएको छ भने साढे एक वर्षको अवधीमा बर्दिया निकुञ्ज, मध्यवर्ती क्षेत्र र डिभिजन बन क्षेत्रमा पाटे बाघको आक्रमणबाट १० जनाको ज्यान गएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज, नेपाली सेना, राष्ट्रिय प्रकृती संरक्षण कोष सहितको क्यामरा ट्रयापिङ र बाघ नियन्त्रणमा लिने विषेशज्ञ सहितको टोली खटिसकेको बर्दिया राष्ट्रिय निकुन्जले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ९ : ३६ बजे

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा