२० आश्विन २०८३, मंगलबार | October 6, 2026

सिन्धुलीमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु



सिन्धुली । सिन्धुलीमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट सिन्धुलीमा एक वृद्धाको मृत्यु भएको हो ।
संक्रमणबाट कमलामाई नगरपालिका-६ पानीट्यांकी निवासी ८४ वर्षीया वृद्धाको आइतबार मृत्यु भएको छ ।

उच्च ज्वरो आउनुको साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि शुक्रबार धुलिखेल अस्पताल लगिएको थियो । धुलिखेल अस्पतालले पिसिआर परीक्षणका लागि स्वाब नमुना संकलन गरेर बिरामीलाई घर पठाइदिएको थियो ।

विरामीको स्वास्थ्य अवस्था झनै बिग्रिएपछि शनिबार राति साढे ९ बजे उनलाई सिन्धुली अस्पतालमा भर्ना गरिएको थियो ।

धुलिखेल अस्पतालको पीसीआर प्रयोगशालाले आइतबार साँझ ६ बजे रिपोर्ट पोजेटिभ छ भन्ने जानकारी गराएको थियो । सिन्धुली अस्पतालमा उपचारकै क्रममा साँझ साढे ६ बजे वृद्धाको मृत्यु अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिए ।

शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भइसकेको उनले बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ७ : ४१ बजे

बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११

नारायणगढ बजार जोगाउन उद्योग व्यवसायीको माग

चितवन । यहाँका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ । बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको

कांग्रेस १५ औँ महाधिवेशन : आजदेखि उम्मेदवारी मनोनयन, असोज २२ मा मतदान

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

बेनी-जोमसोम-कोरला सडक : मर्मत जारी

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको