४ पुस २०८२, शुक्रबार | December 20, 2025

सिन्धुलीमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु



सिन्धुली । सिन्धुलीमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणबाट सिन्धुलीमा एक वृद्धाको मृत्यु भएको हो ।
संक्रमणबाट कमलामाई नगरपालिका-६ पानीट्यांकी निवासी ८४ वर्षीया वृद्धाको आइतबार मृत्यु भएको छ ।

उच्च ज्वरो आउनुको साथै श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारका लागि शुक्रबार धुलिखेल अस्पताल लगिएको थियो । धुलिखेल अस्पतालले पिसिआर परीक्षणका लागि स्वाब नमुना संकलन गरेर बिरामीलाई घर पठाइदिएको थियो ।

विरामीको स्वास्थ्य अवस्था झनै बिग्रिएपछि शनिबार राति साढे ९ बजे उनलाई सिन्धुली अस्पतालमा भर्ना गरिएको थियो ।

धुलिखेल अस्पतालको पीसीआर प्रयोगशालाले आइतबार साँझ ६ बजे रिपोर्ट पोजेटिभ छ भन्ने जानकारी गराएको थियो । सिन्धुली अस्पतालमा उपचारकै क्रममा साँझ साढे ६ बजे वृद्धाको मृत्यु अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिए ।

शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय भइसकेको उनले बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ७ : ४१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको