५ पुस २०८२, शनिबार | December 20, 2025

प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी दिने सम्पर्कबिहीन, संसदीय सुनुवाई २७ गते हुने



काठमाडौ । विभिन्न देशका लागि प्रस्तावित राजदूतहको संसदीय सुनुवाई कार्तिक २७ गते हुने भएको छ ।

अमेरिकाका लागि डा. युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मल कुमार विश्वकर्मालाई राजदूतमा सिफरिस गरिएकोमा सुनुवाई हुन बाँकी रहेको छ । प्रस्तावित राजदूतहरु विरुद्ध समितिमा चारवटा उजुरी परेका छन ।

तर उजुरीकर्ताहरु नै सम्पर्कमा नआएपछि सुनुवाई रोकिएको हो । यसअघि कार्तिक ४ गते गोरखापत्रमा सार्वजनिक सूचना नै जारी गरेर उजुरीकर्ताहरुलाई सम्पर्कमा आउन भनिएको थियो । संसदीय सुनुवाई समिति सभापति लक्षमणलाल कर्णले उजुरीकर्ताहरु नआएपछि २७ गतेका लागि अर्को सुनुवाईको मिति तोकेका छन् ।

गत असोज १६ गते मन्त्रिपरिषदको बैठकले खतिवडालाई अमेरिका, रेग्मीलाई बेलायत र विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । राजदूतहरुको नियुक्ति सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ४ : ४१ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता