३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

मोरङमा थप चार संक्रमितको मृत्यु



मोरङ । मोरङ जिल्लाका विभिन्न अस्पताल र होम आइशोलेसनमा गरी आज थप चार जना कोरोना सङक्रमितको मृत्यु भएको छ ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दुई जना, न्यूरो कोभिड अस्पताल विराटनगरमा एक जना र एकजनाको मोरङको उर्लाबारीस्थित होम आइसोलेसनमा मृत्यु भएको हो ।

विराटनगर-६ वस्ने ८३ वर्षिय र मोरङको उर्लाबारी नगरपालिका-६ का ५४ वर्षीय पुरुषको सङक्रमणबाट आज मृत्यु भएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।

मृतक मध्ये ८३ वर्षीय पुरुष यही कात्तिक १४ सङकमित भइ आएको र ५४ वर्षीष् पुरुषको सोही दिन पोजेटिभ देखिएको थियो । मृतकमध्ये उर्लाबारीकालाई निमोनिया भएको र विराटनगरकालाई पुरानो मिर्गौला रोग तथा रगतमा सङक्रमण देखिएको थियो ।

यसैगरी सङ्क्रमणका कारण विराटनगर-१२ का ५३ वर्षीय पुरुषको न्यूरो अस्पतालमा आज मृत्यु भएको छ । मृतकलाई यही कात्तिक ६ गते पोजेटिभ देखिएका कात्तिक १५ गते अस्पतालमा उपचारका लागि भर्ना गरिएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए । होम आइसोलेसनमा रहेका मृतकको स्वास्थ्यमा समस्या थपिएपछि उपचारका लागि न्यूरोमा भर्ना गरिएको थियो ।

त्यस्तै मोरङको उर्लाबारी नगरपालिका-७ का ५८ वर्षीय सङ्क्रमित पुरुषको होम आइसोलेसनमा आज मृत्यु भएको छ । मृतकलाई यही कात्तिक ६ गते पोजेटिभ आएपछि होम आइसोलेसनमै रहेको अवस्थामा आज मृत्यु भएको वडा अध्यक्ष वीरवल थापाले बताए । मृतक पुरानो मिर्गौला रोगी थिए ।

प्रदेश १ मा ४४९ जना निको, २५९ थप सङ्क्रमित

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा २५९ जना कोरोना सङ्क्रमित थपिएका छन् भने सो अवधिमा विभिन्न स्थानबाट ४४९ जना निको भएर घर फर्किएका छन् ।

सङ्क्रमित मध्ये ९९ महिला र १६० पुरुष छन् । आज थपिएका सङ्क्रमितमा सुनसरीमा ९२, मोरङमा ८० मध्ये विराटनगरमा ३७, झापामा ६१, उदयपुर, तेह्रथुम, संखुवासभा, इलाम र ओखलढुङ्गामा दुई दुई, धनकुटा, भोजपुर र ताप्लेजुङ एकएक र प्रदेश बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार ७९१ पुगेको छ भने छ भने अहिलेसम्ममा ११ हजार ५४७ जना पूर्णरुपमा स्वस्थ भएर घर फर्किएका छन् । प्रदेश १ मा आज एक हजार २७२ जना सहित कुल एक लाख ६२ हजार ४१४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । रासस

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ७ : २७ बजे

लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको दुई विधाको उपाधी आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो लुम्बिनी प्रदेशस्तरीय मेयर कप ब्याडमिन्टन

बुटवल-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव र बजरंगी हनुमानको प्राण प्रतिष्ठा

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका-११ योगिकुटीस्थित देवस्थल मन्दिरमा शनिदेव तथा

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम