१२ श्रावण २०८१, शनिबार | July 27, 2024

धौलागिरी अस्पताल बागलुङमा उपचारत एक कोरोना संक्रमितको मृत्यु



बागलुङ । बागलुङको धौलागिरी अस्पतालमा उपचारत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका वडा नम्बर-३ का ६६ बर्षिया पुरुषको सघन उपचार कक्ष आइसियुमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका सुचना अधिकारी तिर्थराज गौतमले बताए ।

फोक्सो र मुटु सम्बन्धि समस्याले स्वास प्रस्वासमा समस्या देखिएपछि कार्तिक १२ गते अस्पताल आएका मृतकको १४ गतेको स्वास परिक्षणमा कोरोना संक्रमण देखिएको थियो । अस्पताल आउँदा नै कमजोर स्वास्थ्य अवस्था रहेकोले सुरुबाटै सघन उपचार कक्ष आइसियुमा राखि उपचार सुरुगरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शैलन्द्र बि.क. पोख्रेलले बताए ।

अस्पतालको आइसियुमा भेन्टिलेटरमै राखि उपचार गराईरहेका संक्रमितको कार्तिक १८ मंगलबार बिहान १०ः२० बजे उनको मृत्यु भएको सूचना अधिकारी गौतमले बताए ।

नेपालकै पाँचौं र छैटौं कोरोना संक्रमितको बिरामीको उपचार थालेको धौलागिरी अस्पतालमा संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । अस्पतालका प्रमुख डाक्टर शैलेन्द्र बिक पोखरेलका अनुसार ती पुरुषमा मुटु र फोक्सोको समस्या थियो ।

मृतकको शब ब्याबस्थापनका लागिनेपाली सेनालाई आग्रह गरेकाे र सेनाले शवको व्यवस्थापन गर्ने बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।

अस्पतालमा अन्य ६ जना संक्रमितको उपचार भैरहेको छ भने जिल्लाका अन्य आईसोलेसनमा १ सय ४ जना सक्रिय संक्रमितको उपचार भैरहेको छ । यो सँगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले बताए ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुने संक्रमितको संख्या ८२ पुगेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  १ : ५८ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान