२० आश्विन २०८३, मंगलबार | October 6, 2026

पर्सा प्रहरीद्वारा आईफोनसहित १० लाख बढीको अवैध सामान नियन्त्रणमा



वीरगन्ज । पर्सा प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउदै गरेको आईफोन सहित करिव १० लाख रुपैयाँ भन्दा बढीको सामान नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले वीरगन्जका विभिन्न स्थानबाट १० लाख ६ हजार भन्दा बढी मूल्य बराबरको भन्सार छलीका अवैध सामानहरू बरामद गरेको हो ।

तस्करहरुले भारतबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी नेपाल भित्रयाएको मोबाइल, कस्मेटिक सामान र स्याउ लगायतका सामानहरु पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो।

पर्सा प्रहरीले विषेश सुचनाको आधारमा वीरगन्ज महानगरपालिका वडा नं. १४ स्थित गण्डक चौकबाट अवैध रूपमा भारतबाट वीरगन्ज तर्फ ल्याइँदै गरेका एप्पल कम्पनीका मोबाइलहरू लगायतका भन्सार छलेर भित्र्याएको सामानहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक चक्र मल्लले जनाएकाछन्।

पर्सा प्रहरीले बरामद गरेको अवैध सामानहरुमा ३ थान ष्एजयलभ(ज्ञठ र १ थान ष्एजयलभ(ज्ञछ गरी जम्मा ४ थान मोबाइल रहेको पर्सा प्रहरीले जनाएको छ । प्रहरीले बरामद गरेको ४ थान मोबाइलहरूको बजार मूल्य ५ लाख ५२ हजार २ सय १० रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।

यसैगरी, प्रहरीले वीरगन्ज महानगरपालिका वडा नं। १६ रजतजयन्ती चोकमा चेक जाँच गर्ने क्रममा भन्सार छली ल्याइँदै गरेको अनुमानित ४ लाख ५४ हजार ५ सय ५० रुपैयाँ बराबरको कस्मेटिक सामान र स्याउ समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीले वीरगन्जको दुवै छुटाछुटै स्थानबाट गरी जम्मा १० लाख ६ हजार ७ सय ६० रुपैयाँ बराबरको मालबस्तु बरामद गरेको हो।

पर्सा प्रहरीले नियन्त्रणमा लिएका मोबाइल, कस्मेटिक सामान र स्याउ लगायतका सामग्रीहरू आवश्यक कानुनी कारबाहीका लागि आजै वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको डिएसपी मल्लले जानकारी दिएकाछन्।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  १० : ४२ बजे

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि

गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदीय हैसियतको दुरुपयोग गर्दै राज्यका

पर्सा प्रहरीद्वारा आईफोनसहित १० लाख बढीको अवैध सामान नियन्त्रणमा

वीरगन्ज । पर्सा प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउदै गरेको आईफोन

दसैँ मनाउन जमुनाहा नाका हुँदै स्वदेश फर्किनेको भीड

बाँके । भारतबाट दसैँ पर्व मनाउन पछिल्लो दिनमा नेपालगञ्जस्थित जमुनाह

बाटो सहज भएपछि घान्द्रुक जाने पर्यटक बढ्दै

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १० र ११