२३ चैत्र २०८२, सोमबार | April 7, 2026

बाँकेको खजुरामा ३ वर्षमा औद्योगिक ग्राम सञ्चालनमा आउने, निर्माणाधिन औद्योगिक ग्रामको उद्योग मन्त्रालयको टोलिको अवलोकन



नेपालगन्ज । बाँकेको खजुरामा प्रस्ताव गरिएको औद्यागिक ग्रामले सार्थकता पाउन थालेको छ । बाँकेको खजुरा गाउँपालिका वडा नं. ६ मा निर्माणाधीन औद्योगिक ग्रामको उद्योग मन्त्रालयको टोलीले अवलोकन गरेपछि औद्योगिक ग्राम निर्माण हुने क्रमले गति लिने आशा गरिएको छ ।

संघीय सरकारको एक पालिका एक औद्योगिक ग्राम कार्यक्रम अन्तर्गत बाँकेमा पहिलो औद्योगिक ग्रामको निर्माण प्रक्रिया शुरु भएको हो । नमुना औद्योगिक ग्राम बनाउने अभियानमा लागेको खजुरा गाँउपालिकामा पहिलो चरणमा प्राप्त ९२ लाख रुपैयाँको लागतमा तारबार तथा चौकीदार भवन निर्माण कार्य भइरहेको छ ।

करीब २१ बिगाहा क्षेत्रफलमा निर्माण हुने उक्त औद्योगिक ग्रामको प्रदेश सांसद आइपी खरेल, लगानी वोर्डका कार्यकारी प्रमुख सुशील भट्ट, उद्योग मन्त्रालयका सचिव चन्द्र घिमिरे, सहसचिव बलराम रिज्याल, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेत, औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय नेपालगञ्जका प्रमुख कृष्ण पुनलगायतको टोलीले मंगलबार अवलोकन गरेको हो ।

जनप्रतिनिधि, उद्योग मन्त्रालय तथा सरोकालवाला सरकारी निकाय सहितको टोलीलाई खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले हालसम्म भएको कार्य प्रगतिबारे जानकारी दिएका थिए । उनले समयमा बजेट निकाशा भएमा ३ वर्षभित्र निर्माण सम्पन्न गरिने जानकारी दिएका थिए । अध्यक्ष कक्षपतिले निर्माण सुरुभएसँगै औद्योगिक ग्राममा विभिन्न किसिमका उद्योगहरुले आउने इच्छा व्यक्त गरेको बताए ।

कक्षपतिले ३१ करोड ३० लाख २१ हजार ४७३ को लागत अनुमान गरेको उक्त औद्योगिक ग्राम केन्द्र सरकार, प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा निर्माण हुने र निकट भविष्यमै गाँउपालिकाले लगानी सम्मेलन गर्ने तयारी गरिरहेको जानकारी दिए ।

लगानी वोर्ड तथा मन्त्रालयको टोलीले खजुरामा निर्माण हुने औद्योगिक ग्रामको काम अगाडि बढाउँदै स्थानीय सरकारले पनि उद्योग नीति बनाएर अगाडि बढ्नु पर्ने सुझाव दिएको छ । हालसम्मको कामको प्रसंसा गर्दै टोलीले आर्थिक, प्राविधिक तथा भइपरी आउने सबै किसिमका सहयोग गर्ने विश्वास दिलाएको गाँउपालिकाका प्रेस संयोजक दुर्गा रोकायाले बताए । रोकायाका अनुसार टोलिले पछि आउन सक्ने विभिन्न किसिमका चुनौतीको सामना गर्न अहिलेदेखि नै योजना बनाउन गाँउपालिकालाई सुझाव समेत दिएको थियो ।

अवलोकनका क्रममा खजुरा गाउँपालिकाका राजनीतिक सल्लाहकार भीम ओली, वडा नं. ६ का अध्यक्ष साविर जोलाहा, योजना प्रमुख दिलबहादुर पौडेल र स्थानीयबासीको समेत उपस्थिति थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ९ : २० बजे

बाल सुधार गृहमा रहेका बालबिज्याईकर्ताहरुलाई खेलकुद सामाग्री

नेपालगन्ज । विश्व खेलकुद दिवसको अवसरमा जयन्दू बाल सुधार गृहलाई

विशिष्ट पदाधिकारी र सरकारी कर्मचारीको इन्धन सुविधा घटाइयो

काठमाडौँ । सरकारले सार्वजनिक खर्च नियन्त्रण र इन्धन सङ्कट व्यवस्थापन

काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा वर्षा, बुधवार धेरै स्थानमा वर्षा हुने

काठमाडौँ । पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

लुम्बिनी प्रदेशका सांसदसँग प्रधानमन्त्री, विकासदेखि सुशासनसम्मका एजेण्डामा जोड

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले लुम्बिनी प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौँ । सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै